मेक्सिकोमा मेयरलाई गाडीमा बाँधेर सडकमा घिसारियो

पोखरा न्यूज – २३, असोज । चुनावी वाचा पूरा नगरेको भन्दै मेक्सिकोमा एक मेयरलाई स्थानीयले गाडीमा बाँधेर सडकमा घिसारेका छन् ।

मेक्सिकोको दक्षिणी राज्य चिएपसमा भएको घटना मेयरले एक स्थानीय सडक मर्मत गर्ने वाचा पुरा नगरेकाले जनता आजित भएपछि घटेको बताइएको छ । घटनामा मेयर जर्ज लुइस एस्क्यान्डन हर्नान्डेजलाई सामान्य चोटपटक मात्र लागेको छ भने घटनामा संलग्न भएको आरोपमा ११ जना पक्राउ परेको पनि जनाइएको छ ।

मेयर एस्क्यान्डनले भने हमलाकारीलाई अपहरण र हत्या प्रयासको मुद्दा चलाउने बताएका छन् । उनीमाथि हमला भेको यो पहिलो पटक भने होइन । यसअघि पनि कृषकहरुले आफ्ना वाचा पूरा गर्न माग गर्दै उनलाई आक्रमण गरेका थिए ।

मेयरलाई बचाउने र स्थिति नियन्त्रण लिने क्रममा प्रहरी र स्थानीयबीच ठुलै झडप परेको थियो जसमा कैयौं स्थानीय घाइते पनि भएका थिए । घटना पछि त्यहाँ ठूलो सङ्ख्यामा प्रहरी परिचालित गरिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले उल्लेख गरेका छन् ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button