पोखरामा अधिकांश बस काउण्टर खुल्ला

दीननाथ बराल, पोखरा न्यूज-२३, असोज । नेपालीहरुको महान पर्व दशैंको अवसरमा  (एकादशी) सम्म यात्रु बाहक बसहरुको क्यू फ्रि भए पनि पोखरामा माइक्रोबस बाहेक अधिकांश बस काउण्टर एकादशी (बुधवार) बाटै खुल्ला गरिएको छ ।

पोखराका मुख्य तीन वटा काउण्टरबाट पोखरादेखि पूर्वतर्फ, पोखरादेखि पश्चिमतर्फ लगायतका लामो दुरीमा जाने यात्रुहरुको मागलाई मध्यनजगर गरी बुधवारबाटै काउण्टर खुल्ला गरिएको पृथ्बीराजमार्ग बस संचालक कम्पनि प्रा.लि.का अध्यक्ष योगेन्द्र के.सी.ले बताए ।

यात्रा गर्दा यात्रुले अग्रिम टिकट लियर मात्र यात्रा गर्दा उनीहरुलाई आफुहरुले आवश्यकता अनुसार बसको ब्याबस्था गर्न आफुहरु कटिवद्ध भएको अध्यक्ष केसीले जनाए । उनले भने “ हामीसंग पर्याप्त मात्रमा यात्रु बाहक बसहरु रहेका छन्, दशैंको टिकाको दिन पछि अग्रिम टिकट बुकिङ भएको खासै छैन, यसमा यात्रुको चाप र माग भएमा हामीले स्तरिय बस उपलब्ध गराउन तयार छौं ।” दशैंको बिदाको अवसरमा धेरै व्यत्तिहरु आन्तरिक पर्यटकको रुपमा घुमघाममा निस्केसंगै यात्रुको चाप समेत बढेको अध्यक्ष केसीले जनाए । पोखराको पृथ्बीचोक स्थित कम्पनीको काउण्टरमा बुधवार विहान करिब ६ः३० बजे देखिनै यात्रुले पूर्वतर्फ जानको लागि लाइनमा बस्न थालेका थिए ।

दशैंको अवसरमा पोखराबाट एक लाख भन्दा बढी यात्रु पोखरा देखि बाहिरिएका थिए भने अब दशैंको टिकाको दिन देखि कोजाग्रतपूर्णिमा सम्म एक लाख यात्रुहरु पुनः पोखरामा ओहोर दोहोर गर्ने भएका छन्।

यात्रा गर्दा जोखिमपूर्ण यात्रा भएको खण्डमा तथा नेपाल सराकारले तोकेको भाडा दर भन्दा बढी भाडा शुल्क लिएमा नजिकको प्रहरी तथा सम्बन्धित बस कम्पनीमा खबर गर्न प्रहरी र बस कम्पनीहरुले आव्हान गर्दै आएका छन् ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button