शिक्षाले जितिन् गर्ल्स डान्स च्याम्पियनको उपाधि

आर.आर. पौडेल, पोखरा न्यूज – २३, असोज । एमडि गर्ल्स डान्स च्याम्पियनसिप २०७६ को उपाधि बेनीकी शिक्षा गर्बुजा मगरले जितेकी छिन् ।

पोखरा उद्योग वाणिज्य संघको हल गैर्हापाटन पोखरामा भएको अन्तिम प्रतिस्पर्धामा पुगेका ५ जना मध्ये उनी उत्कृष्ट बनेकी हुन् । पोखरामा आयोजित छैटौ संस्करणको यस प्रतियोगितामा फर्स्ट रनरअप रुपाकोटकी नेहा गुरुङकी तथा सेकेन्ड रनरअप आयुष्मा घले घोषित भइन् । फाइनलमा पुगेकी लमजुङकी नेहा गुरुङले डिसिप्लिनको पुरस्कार जित्दा किनि गर्बुजाले स्टेज कभरको पुरस्कार जितिन् ।

प्रतियोगिताको आयोजना माछापुच्छ्रे नृत्य प्रशिक्षण केन्द्रले एमडि डान्स गर्ल्स गुप्र पोखराको प्रस्तुतीमा गरेको हो । अडिसन मार्फत छानिएका प्रतिस्पर्धीलाई विभिन्न चरणमा प्रतिस्पर्धा गराई छानिएका १२ जनालाई सेमिफाइनलमा प्रतिस्पर्धा गराई उनीहरुमध्येबाट उत्कृष्ट ५ जना छनोट भएकाले अन्तिम प्रतिस्पर्धा गरे । कार्यक्रमको थप आर्कषणको रुपमा नृत्य र गायन प्रस्तुती समेत थियो ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button