हसन र ज्योतीलाई पावर लिफ्टीङको उपाधि

आर.आर. पौडेल, पोखरा न्यूज – २३, असोज । पोखरामा आयोजित क्लब स्तरीय पावर लिफ्टीङ प्रतियोगिताको उपाधि रानीपौवा स्पोर्टस् सेण्टरका ज्योती थापा र हसन गुरुङले जितेका छन् । स्पोर्टस क्यासल प्रा.लि कास्कीले आयोजना गरेको पहिलो संस्करणको प्रतियोगितामा ओभरअलमा महिला तर्फ थापा र पुरुष तर्फ गुरुङले उपाधि जितेका हुन् ।

पुरुष तर्फको ७३ केजी तौल समुह सम्ममा पावर जिम तालचोकका सुजन आले प्रथम बने । रानीपौवा स्पोर्टस् सेण्टरका आशिश गुरुङ द्धितीय र दि जायन्ट फिटनेशका निरज केसी तृतीय बने । ८९ केजी तौल समुह सम्म तर्फ रानीपौवा स्पोर्टस् सेण्टरका हसन गुरुङ च्याम्पियन बने । पावर जिमका राजेश सुवल द्धितीय र दि जायन्ट फिटनेशका राजेन छन्त्याल तृतीयभए । १ सय २ केजी तौल समुह तर्फ पावर जिमका आशिश आले मगर बिजेता भए । सोही जिमकै सुवर्ण बिक द्धितीय र रत्नश्री जिमका राजन श्रेष्ठ तृतीय भए ।

महिला तर्फको ६४ केजी सम्म तौल समुहमा रानीपौवा स्पोर्टस् सेण्टरका ज्योती थापा बिजेता भइन् । सोही जिमकै टिना पुन द्धितीय हुँदा व्यायामशालाकी पूनम बोम्जन तृतीय भइन् । ६४ केजी बढी तौल समुह तर्फ पावर जिम तालचोककी सिमा गुरुङ बिजेता बनिन् । पावर जिम शिवचोककी दिवा राना द्धितीय र रानीपौवा स्पोर्टस् सेण्टरकी मनिशा श्रेष्ठ तृतीय भइन् । विजयी प्रतिस्पर्धीले मेडल, प्रमाणपत्र सहित क्रमश ३ हजार र २ हजार हात पारे ।

पुरुष तर्फ सर्वाधिक डेडलिफ्ट गर्दै पावर जिमका आशिश आले मगर, स्क्वायटमा सर्वाधिक लिफ्ट गर्दै दि जायन्ट फिटनेशका राजेन छन्त्याल र बेन्चप्रेसमा सर्वाधिक लिफ्ट गर्दै पावर जिम तालचोकका राजेश सुवल पुरस्कृत भए । त्यस्तै महिला तर्फ सर्वाधिक डेडलिफ्ट गर्दै पावर जिम शिभचोककी दिवा राना, स्क्वायट र बेन्चप्रेसमा सर्वाधिक लिफ्ट गर्दै रानीपौवा स्पोर्टस् सेण्टरकी ज्योती थापा पुरस्कृत भइन् ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button