पोखराका होटलमा अकुपेन्सि ६० प्रतिशत

दीननाथ बराल, पोखरा न्यूज -२३, असोज । बडा दशैंको अवसरमा पोखरामा हाल होटलहरुको अकुपेन्सि ६० प्रतिशत रहेको छ । नेपालीहरुको महानपर्व विजया दशमीको अवसरमा हालसम्म पोखरा क्षेत्रका पर्यटकीय स्तरिय होटलहरुको ६० प्रतिशत अकुपेन्सि रहेको पश्चिमाञ्चल होटल संघका अध्यक्ष विकल तुलाचनले बताए ।

दशैं टिकाको भोलि पल्ट एकादशीको दिनसम्म विदेशी पर्यटकहरुको होटल अकुपेन्सि मात्र करिब २० प्रतिशत रहेको अध्यक्ष तुलाचनले बताए । दशैंको टिका नलगाउने र टिका लगाएर घुमघाममा निस्केका आन्तरिक पर्यटकहरुको आगमन दशैंको कोजाग्रतपुर्णिमा सम्म हुने भएको उनले जनाए । उनका अनुसार विभिन्न होटलहरुले आन्तरिक पर्यटकहरुलाई लक्षित गरी विभिन्न प्याकेज सहितको छुट दिने कार्यक्रम समेत ल्याएका छन् ।

दशैंको फुलपाती देखि आन्तरिक पर्यटकहरुको आगमन सुरु भएको अध्यक्ष तुलाचनले बताए । अघिल्ला बर्षको तुलनामा यस बर्ष दशैं पर्वको अवसरमा आन्तरिक पर्यटक केही कम आएको उनले जनाए । प्रतिकुल मौसमका कारण पनि आन्तरिक पर्यटकमा केही कमी आएको अध्यक्ष तुलाचनले बताए । पोखरा जोडिने धेरै सडक मार्ग जीर्ण तथा जोखिमपूर्ण भएको हुनाले पनि आफुहरुले आशातित पर्यटक भित्राउन नसकेको उनले जनाए ।

दशैं पर्वसँगै पर्यटन आगमनको मौसम अक्टुबर सुरु भएसँगै आफुहरु धेरै आशावादी भएको अध्यक्ष तुलाचनले बताए । उनले भने “आन्तरिक पर्यटकले कम्तिमा २ देखि ३ दिन हामीलाई धेरै राहत हुन्छ, विदेशी पाहुनाहरु विस्तारै आउन थालेका छन्।” विभिन्न होटलहरुमा वडा दशैंको अवसरमा ५ देखि २० प्रतिशतसम्म होटलको रुममा छुट दिन लागेको उनले जनाए । गण्डकी प्रदेश सरकारले हाल आन्तरिक भ्रमण बर्ष मनाइ रहेको अबस्थामा प्रदेशले जारी गरेको ग्लोरियस गण्डकी कार्ड ल्याएको खण्डमा आफुहरुले १५ प्रतिशत होटलमा छुटको ब्याबस्था गरेको अध्यक्ष तुलाचनले जनाए ।

रेवान पोखराका अध्यक्ष भिमसेन भुजेलले दशैं पर्वको अवसरमा गरिएको केही आन्तरिक पर्यटन प्रवर्धन कार्यक्रमले आफुहरुलाई धेरै राहत मिलेको बताए । दशैंको चाडबाडले आफ्ना दक्ष कर्मचारीहरु बिदा बसेपछि आगन्तुक पाहुनालाई आफुहरु समेत लागेर विभिन्न खानाको परिकार पस्कने गरेको जनाए । केही रेष्टुरेण्टहरुले दशैं विशेष छुट तथा प्याकेज पनि ल्याएको उनले जनाए ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button