विद्युतीय उड्ने कार बनाउन पोर्स र बोइङले सहकार्य गर्ने

पोखरा न्यूज -२४, असोज । अमेरिकी विमान कम्पनी बोइङले जर्मन गाडी निर्माता भोक्सवागनको स्पोर्ट्सकार ब्रान्ड पोर्ससँग विद्युतीय उड्ने कार बनाउन सहकार्य गर्ने भएको छ ।

वर्षको सुरुआतमै बोइङले २ देखि ४ यात्रु बोकेर ८० किलोमिटरसम्म उड्न सक्ने विद्युतीय उड्ने कारको प्रोटोटाइपको परीक्षण गरिसकेको छ ।

पोर्सले पनि निकट भविष्यमा ट्याक्सीको रुपमा प्रयोग गर्न सकिने यस्तै कार निर्माणको लक्ष्य राखेको छ । यसअघि बोइङको प्रतिस्पर्धी एअरबसले भोक्सवागनको प्रिमियर कार ब्रान्ड औडीसँग उड्ने कार बनाउन सम्झौता गरिसकेको छ ।

भोल्क्सवागन र बोइङ दुवै पछिल्लो समयमा समस्याग्रस्त भएका छन् । बोइङको ७३७ म्याक्स मोडलको दुई जहाज दुर्घटनाग्रस्त भएपछि उक्त मोडेल हाल विश्व आकाशमा प्रतिबन्धित जस्तै छ भने भोल्क्सवागन पनि डिजेल उत्सर्जन काण्डले प्रभावित बनेको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button