क्यालिफोर्नियामा डढेलोको कारण १० लाख व्यक्ति विस्थापित

पोखरा न्यूज -२५, असोज । दक्षिणी क्यालिफोर्नियामा लागेको डढेलोको कारण शुक्रवार १० लाख व्यक्ति विस्थापित भएका छन् ।

दर्जनौं संरचना र घरहरू ध्वस्त पारेको यस डढेलो निभाउन केही दिन लाग्न सक्ने सरकारी स्रोतले जानकारी दिएको छ ।

शुक्रबार साँझसम्म शक्तिशाली यस डढेलोबाट ३ हजार ५२ हेक्टर क्षेत्रसम्म फैलिएको बताइएको छ । यस डढेलोबाट कम्तीमा ३१ संरचनाहरु ध्वस्त भएको बताइएको छ ।

यस आगलागीमा ५० बर्षीय एक व्यक्तिको हृदयघातबाट मृत्यु् भएको आगलागी नियन्त्रणका एक अधिकारीले जानकारी दिएका छन् ।

यस डढेलोबाट कोही व्यक्ति घाइते भएका तत्काल समाचार प्राप्त भएको छैन् । तर अधिकारीहरूले त्यस क्षेत्रका घरहरू खाली गर्ने आदेश दिएका छन् ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button