पोखरामा विपद व्यवस्थापन दिवसको सन्दर्भमा सप्ताहव्यापी कार्यक्रम हुने

दीननाथ बराल, पोखरा न्यूज -२५, असोज । अन्तराष्ट्रिय विपद व्यवस्थापन दिवस (अक्टुबर १३ तारिख) को सन्दर्भमा पोखरामा सप्ताह व्यापी विभिन्न कार्यक्रमको आयोजना गरी मनाइने भएको छ । कास्कीका प्रमुख जिल्ला अधिकारी रमेश कुमार केसीको अध्यक्षतामा शुक्रबार पोखरामा बसेको बैठकले असोज २६ देखि कार्तिक २ गतेसम्म विभिन्न कार्यक्रमको आयोजना गरी मनाउने निर्णय गरेको हो ।

असोज २६ गते (आइतबार) पोखरामा प्रभातफेरीको आयोजना गरिने कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी श्रीनाथ पौडेलले बताए । सृजनाचोकबाट आइतबार बिहान ७ः३० बजे शुरु हुने प्रभातफेरी रत्नचोक हुँदै शहिचोकसम्म पुगेर समापन गनिरेछ । नेपाल रेडक्रस सोसाइटी, कास्की, सुरक्षा निकायका सबै निकायहरु, सबै मन्त्रालयहरु, जिल्ला प्रशासन कार्यालय, उद्योग वाणिज्य संघ, गैरसरकारी संस्था, नागरिक समाजका प्रतिनिधिहरु, नेपाल स्काउट लगायतकाको सहभागिता रहनेछ ।

त्यसै गरी असोज २७ गते नेपाल रेडक्रस सोसाइटी उपशाखा १७ को संयोजनमा राष्ट्रबैंकचोकमा रंक्तदान कार्यक्रम हुने भएको छ । असोज २८ गते जनचेतना तथा परिसंवाद विभिन्न संचार माध्यममा कार्यक्रम संचालन हुने, असोज २९ गते विपद तथा उद्धार तथा जोखिम न्यूनिकरण अभ्यास फेवाताल तथा महानगरका विभिन्न स्थानमा सशस्त्र प्रहरी बल, नेपाली सेनाको टोलीद्धारा प्रदर्शन हुने भएको छ ।

आन्तरिक मामिला तथा कानुन मन्त्रालय, नेपाल रेडक्रस सोसाइटी, कास्कीको जिल्ला प्रशासन कार्यालय, गैरसहकारी संस्था, नागरिक समाजका प्रतिनिधिहरु र नेपाल स्काउट असोज ३० गते नेपाल प्रहरीबाट विद्यालय, सडक लगायका सार्वजनिक स्थानमा विपद सम्बन्धि सचेतना मुलक कार्यक्रम गर्ने, कार्तिक १ गते गण्डकी प्रदेशको सामाजिक विकास मन्त्रालयको आयोजनामा डेंङगु नियन्त्रण सम्बन्धि गोष्ठी तथा अन्तरक्रिया कार्यक्रम र कार्तिक २ गते संयुक्त राष्ट्रसंघ विकास कार्यक्रम युएनडिपीको आयोजनामा विपद व्यवस्थापन र जोखिम नयूनिकरण सम्बन्धि बिचार गोष्ठी हुने भएको छ ।

“अत्यावश्यक पूर्वाधारमा विपदबाट हुने क्षति घटाऔं, आधारभूत सेवा प्रवाह रोकिनबाट जोगाऔं ”भन्ने मुल नाराका साथ नेपालमा पनि अन्तराष्ट्रिय विपद व्यवस्थापन दिवस मनाइने भएको हो ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button