गाडीबाट खसेर एकको मृत्यु

पोखरा न्यूज – २५, असोज । रत्न राजमार्गमा पर्ने सुर्खेतको हर्रेमा आज दिउँसो गाडीबाट खसेर एक जनाको मृत्यु भएको छ ।

मध्यपश्चिम यातायात प्रालिको बा३ख ५२१६ नंको फोर्स गाडीबाट खसेर भेरीगङ्गा नगरपालिका–४ का यमबहादुर खत्रीको घटनास्थलमा नै मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालयका अनुसार मृतक खत्री काँक्रेविहार यातायात प्रालिको ना७ख २०५८ नंको फोर्स गाडीका धनी हुन्  ।

लिफ्ट मागी आउने क्रममा गाडीको ढोकाबाट एक्कासि सडकभन्दा अन्दाजी एक सय मिटर तल खस्न गई उनको मृत्यु भएको हो । जिल्ला प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक रवि रावलले गाडी चालकलाई नियन्त्रणमा लिई अनुसन्धान गरिरहेको बताए ।

 

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button