खर काट्ने क्रममा लडेर २२ वर्षीया युवतीको मृत्यु

पोखरा न्यूज – २५, असोज ।  खर काट्ने क्रममा भिरबाट लडेर बैतडीमा शनिबार एक युवतीको ज्यान गएको छ । सुर्नया गाउँपालिका–४ का राजेन्द्र महराकी २२ वर्षीया श्रीमती रमा महराको मृत्यु भएको हो ।

आज दिउँसो साढे १ बजे स्थानीय जैसिया भिरमा खर काटिरहेको बेला महिला भिरबाट लडेकी स्थानीय रणबहादुर महराले जानकारी दिए  । भिरबाट लडेर करीब ३ सय  मिटर तल खसेकी युवतीको घटनास्थलमै मृत्यु भएको हो ।

मृतक युवतीको एक छोरा र श्रीमान रहेका छन् । श्रीमान् रोजगारीको सिलसिलामा भारतमा रहेका छन् । यसअघि असोज २२ गते पनि खर काट्ने क्रममा भिरबाट लडेर सुर्नया गाउँपालिका–५ की ४८ वर्षीया राजमती विष्टको पनि मृत्यु भएको थियो ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button