पुलमा मोटरसाइकल ठोक्किँदा २१ वर्षीय युवकको मृत्यु

पोखरा न्यूज – २५, असोज ।  कैलालीको लम्की चुहा–३ चिसापानी नजिकैको ढुङ्गेबजारको पुलमा मोटरसाइकल ठोक्किँदा टीकापुर नगरपालिका–१ का २१ वर्षीय मदन शाहीको मृत्यु भएको छ ।

मोटरसाइकल अनियन्त्रित भएर ठोक्किँदा मोटरसाइकलमा सवारी टीकापुरकै अभिषेकचन्द्र सोडारीको टाउकोमा गम्भीर चोट लागेको छ ।

शनिबार दिउँसो १ः३० बजे टीकापुरबाट चिसापानी जाँदै गरेको से७प १४९६ नंको मोटरसाइकल अनियन्त्रित भएर पुलमा ठोक्किँदा दुर्घटना भएको प्रहरीले जनाएको छ ।

गम्भीर घाइते भएका सोडारीलाई थप उपचारका लागि कोहलपुर पठाइएको इलाका प्रहरी कार्यालय लम्कीले जनाएको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button