दर्शकको माया बटुल्दै ‘छ माया छपक्कै’

आर.आर.पौडेल, पोखरा न्यूज – २५, असोज ।  गत शुक्रबारबाट रिलिज भएको दीपक र दिपाको नेपाली चलचित्र छ माया छपक्कैले दर्शकको माया पाएको छ ।

दिपेन्द्र लामाको निर्देशनमा बनेको यो चलचित्रमा दीपकराज गिरी, केकी अधिकारी, सुपुष्पा भट्ट, जितु नेपाल, केदार घिमिरे, प्रकाश घिमिरे, अनुराग कुक्वर, रमा थपलिया, विष्णु सापकोटा लगायतका कलाकारको अभिनय रहेको छ । काठमाण्डौ सहित मोफसलका हलहरुमा दर्शकको उपस्थिती उत्साहजनक देखिदा निर्माण पक्ष उत्साहित बनेको छ । यसअघिको चलचित्र छक्का पञ्जा ३ को रेर्कड छ माया छपक्कैले तोडेको कलाकार दीपकराज गिरीले दावी गरे ।

चलचित्रले दुई फरक राजनीतिक परिवार र उनै परिवारका छोराछोरीको प्रेमसम्बन्धलाई देखाइएको छ । चलचित्रले नेपालका विभिन्न ग्रामिण भेगका जनताले भोग्नु परेको शास्ती र राजनीतिक दलले आफ्नो स्वार्थको लागि मात्र उनीहरुलाई प्रयोग गरिरहेको तितो यतार्थलाई उजागर गरिएको छ ।

विशेषगरी ग्रामिण भेगका जनतालाई परेको खानेपानीको समस्या र राजनीतिक दलले हरेक चुनावमा समस्या समाधान गर्ने वाचा गर्ने तर चुनाव जितेर गए पश्चात उक्त्त वाचा पुरा नगर्ने प्रवृत्तिलाई चलचित्र मार्फत उजागर गर्ने प्रयास गरिएको छ । चलचित्रमा दीपकराज गिरी र केकी अधिकारी मुख्य भूमिकामा छन् । दर्शकलाई मनोरञ्जन प्रदान गर्न केदार प्रसाद घिमिरेले मेहनत गरेका छन् । पोखरेली कलाकार प्रकाश घिमिरेले आफ्नो भूमिकालाई न्याय गर्दै दर्शकको ध्यान खिच्न सफल बनेका छन् ।

निर्देशक लामाले नै लेखेको चलचित्रमा रोहित अधिकारीको लगानी रहेको छ । चलचित्रको कार्यकारी निर्माता जितु नेपाल र केदार प्रसाद घिमिरे रहेका छन् । आमा सरस्वति मुभिज, रोहित अधिकारी फिल्मस् र आईएमईको प्रस्तुतीमा चलचित्र तयार भएको हो । दिपाश्री निरौलाले निर्देशन सल्लाहकारको रुपमा रहेकी छन् ।

विपिन मल्लको सम्पादन, रोसन श्रेष्ठको एक्सन, हरि हुमागाईको छायाकंन, कविराज गहतराजको कोरियोग्राफिले चलचित्रलाई आर्कषक बनाएको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button