पोखरामा यात्रु ठग्ने ५३ ट्याक्सीसहित चालक पक्राउ

पोखरा न्यूज – २५, असोज । पोखरा महानगरपालिकाका बिभिन्न स्थानहरुमा जथाभावी भाडा लिने ५३ ट्याक्सीलाई कास्की प्रहरीले नियन्त्रणमा लिएको छ ।

नेपालीहरुको महान चाड बडा दशैको समयमा पोखराका बिभिन्न स्थानहरुमा मिटरमा नचल्ने ४७ वटा तथा मिटर नै जडान नगरी ट्याक्सी चलाउने ५ वटा गरी  ५३ बटा आफु खुसी भाडा अशुल गरि यात्रु ठग्ने ट्याक्सी र तिनका चालकलाई नियन्त्रण लिएको कास्की प्रहरीले जनाएको छ ।

कास्की प्रहरीले शनिबार एकै दिनमा गरेको स्विप अपरेशनको क्रममा मिटरमा जान नमानि तथा मनोमानी रुपमा मिटरमा नचलाई बार्गेनिङ गरी बढी भाडा असुल गर्ने ट्याक्सी र चालक समेतलाई आबश्यक कार्बाहीको लागी नियन्त्रणमा राखीएको प्रहरी निरीक्षक नरहरि अधिकारीले जानकारी दिए ।

ट्याक्सीहरुले यस अधि बिभिन्न तहबाट पटक पटक भएका निर्णयहरुको बेवास्ता गर्दै मनोमानी रुपमा सर्बसाधारणहरुसंग बढी भाडामा लिई मिटरमा जान नमानि बार्गेनिङ गर्ने जस्ता प्रवृति देखाएको गुनासो आएकाले यदि कसैले मिटरमा जान नमान्ने र वार्गेनिङ गरी जवरजस्ती गरेमा प्रहरी कण्ट्रोल रुम १००, ९८५६०३९५९९, कार्यालय प्रमुखको ९८५६००५५५५ , प्रवक्ता ९८५६०३५५१२ अथवा ट्राफिक प्रहरी कण्ट्रोल रुमको १०३ नम्बरमा सम्पर्क गर्न कास्की प्रहरीले अनुरोध समेत गरेको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button