पोखरातर्फ आउदै गरेको जिप र मुग्लिङतर्फ जादै गरेको बस ठक्कर खाँदा एकको मृत्यु

पोखरा न्यूज – २६, असोज । पृथ्वीराजमार्गअन्तर्गत तनहुँको म्याग्दे गाउँपालिका–१ तल्लो गुणादीमा आज बिहान भएको सवारी दुर्घटनामा १ जनाको मृत्यु भएको छ ।

मुग्लिङबाट पोखरातर्फ आउदै गरेको लु१च ७०४१ नंको बोलेरो जिप र विपरीत दिशाबाट जाँदै गरेको ग १ ख ४०२२ नं  को यात्रुवाहक बस एकापसमा ठोक्किँदा जिप चालकको मृत्यु भएको हो ।

मृत्यु हुनेमा नवलपरासी सरावल गाउँपालिका–१ बस्ने २१ वर्षीय रमेश थारू रहेको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक लीलाराज लामिछानेले जानकारी दिए । दुर्घटनामा घाइते भएका थारूको उपचारको क्रममा दमौली अस्पतालमा मृत्यु भएको हो ।

तीव्रगतिमा आएका २ सवारी घुम्तीमा ठक्कर खाँदा दुर्घटना भएको प्रहरीले जनाएको छ । केरा बोकेर आउँदै गरेको जिप बसको ठक्करबाट पूर्णरूपमा क्षति भएको छ ।

बस चालक र बस प्रहरी नियन्त्रणमा रहेको प्रहरीले जनाएको  छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button