अब कम्प्युटरबाटै फोन गर्न वा उठाउन मिल्ने

पोखरा न्यूज – २६, असोज । माइक्रोसफ्टले अब कम्प्युटर वा ल्यापटपबाटै फोन गर्न वा आएको फोन उठाउन मिल्ने सुविधा ल्याउने भएको छ ।

हाल माइक्रोसफ्टको इन्साइडर कार्यक्रम भित्रका प्रयोगकर्तालाई मात्र दिइएको उक्त सुविधा निकट भविष्यमा सबै विन्डोज १० प्रयोगकर्ताले प्रयोग गर्न पाउनेछन् ।

योर फोन नाम दिइएको उक्त कम्प्युटर सफ्टवेयर र योर फोन कम्प्यानियन नामक मोबाइल एप्लिकेसनले कम्प्युटर कलिङ्ग सम्भव बनाएको हो । अब उक्त सफ्ट्वेयर मार्फत प्रयोगकर्ता फोन गर्न, फोन उठाउनका साथै कल लग वा हिस्ट्री समेत हेर्न सक्नेछन् ।

यस सुविधा प्रयोग गर्न कम्प्युटर र मोबाइल फोन ब्लुटुथ मार्फत भने जोडिएको हुनेपर्नेछ । साथै कल फिचर प्रयोग गर्न कम्प्युटरमा विन्डोज १० को पछिल्लो भर्सन तथा मोबाइलमा एन्ड्रोइड ७ भन्दा पछिल्ला भर्सन इन्स्टल गरिएको हुनुपर्नेछ ।

माइक्रोसफ्टको योजनामा एप्पल डिभाइसका बारेमा कतै उल्लेख नगरिएकाले एप्पल प्रयोगकर्ता भने यस सुविधाबाट अझै केही समय वञ्चित रहनेछन् ।

योर फोनको उक्त फिचर सुरुआती चरणमा रहेकाले यसमा थुप्रै समस्या र जटिलता आउने भने प्राविधिकहरुले अनुमान गरेका छन् ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button