लागुऔषधसहित ५ जना पक्राउ

पोखरा न्यूज – २६, असोज ।  दाङमा लागुऔषधसहित पाँचजनालाई आइतबार पक्राउ गरिएको छ ।  जिल्ला प्रहरी कार्यालय दाङले घोराहीको नयाँ बसपार्कबाट उनीहरुलाई पक्राउ गरेको हो ।

बसपार्कमा लागुऔषध साथमा राखी हिँडिरहेको भन्ने सूचनाको आधारमा खटिएको प्रहरीको टोलीले उनीहरुलाई खानतलासी गर्दा उनीहरुको साथबाट ट्रामाडोल हाइड्रोक्लोराईड क्याप्सुल आइपी ३ हजार ९७० क्याप्सुल, नाइट्राजिपाम ट्याब्लेट १० थान, लोराजिपाम इन्जेक्सन २ एमजिएम, एल १ थान, प्रोमेथाजिन हाइड्रो क्लोराइड २ एमएल इन्जेक्सन १ थान, फेनिरामाइन्ड मालिट २ एमएल इन्जेक्सन १ थानसहित पक्राउ गरिएको हो ।

जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायब उपरीक्षक विनोदविक्रम शाहका अनुसार पक्राउ पर्नेमा घोराही उपमहानगरपालिका–१४ का सरोज बस्नेत, लोहासुरका अर्जुन भन्ने भीमबहादुर बुढामगर, घोराही–१५ का कविन बस्नेत, घोराही–१४ का लिजन विसी र घोराही– १५ का प्रवीन विश्वकर्मा रहेका छन् ।

उनीहरुलाई लागुऔषध नियन्त्रण ऐन २०३३ परिच्छेद ३ दफा २२ (ग) अनुसार मुद्दा दर्ता गरी आवश्य अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button