पोखरा १३ आर्वामा ‘हाम्रो समाज’ नाटक मञ्चन

आर.आर. पौडेल, पोखरा न्यूज-२७, असोज । पोखरा महानगरपालिका वडा नं. १३ आर्वामा हाम्रो समाज नाटक मञ्चन भएको छ ।

नाटकमा स्थानिय कलाकारहरु देवेन्द्र वराल (मुक्ती), हरिकृष्ण सिग्देल, सावित्रि वराल, युवराज वराल, अनिता अधिकारी, यज्ञ बराल, सुभाष बराल, मोहन सिग्देल, राजन सिग्देल, नमुना वराल, परमेश्वर वराल, राम र लक्ष्मण वराल, जिवन बराल, सुशान्त बराल लगायतका कलाकारले अभिनय गरे ।

मोहरपानी आदर्श टोल विकास संस्थाको आयोजना तथा आदर्श नाट्य समुहको सहकार्यमा नाटक मञ्चन गरिएको हो । नाटकको लेखन तथा निर्देशन मोहरपानी आदर्श टोल विकास संस्थाका सचिव शिवराज वरालले गरेका थिए ।

नाटक समाजमा रहेको कुसंस्कार तथा वेथीति जुवा तास, जाँड रक्सी, लागु औषध लगाएतका विकृति विसंगतिका विरुद्ध सचेतना जगाउने खालको भएको टोल विकास संस्थाका अध्यक्ष श्रीराम सिग्देलले वताए ।

आर्वाको जागरण आमा समुहको भवनमा विभिन्न साँस्कृतिक कार्यक्रम सहित पोखरेली ध्रुमुस राजेन्द्र नेपाली लट्टे र माग्ने बुढो युवराज भण्डारीको हास्य प्रहसन प्रस्तुत गरिएको थियो ।

पोखरा महानगरपालिका वडा नं. १३ की वडा सदस्य कमला विकले उद्घाटन गरेको कार्यक्रममा टोल विकास संस्थाका अध्यक्ष श्रीराम सिग्देल, सचिव शिवराज वराल, जागरण आमा समुहकी अध्यक्ष राधादेवि वराल (विद्या), सुमन वराल लगायतले आफ्नो भनाइ राखे ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button