पोखरामा ६ लाख नगदसहित कौडा खेल्ने १५ जना पक्राउ

पोखरा न्यूज – २७, असोज कास्की प्रहरीले कौडा खेलिरहेको अवस्थामा ६ लाख नगदसहित १५ जनालाई पक्राउ गरेको छ।

पोखरा-१८ चालिसे डाँडामा कौडा खेलिरहेको अवस्थामा आइतबार  राती  १० बजे ६ लाख १० हजार नगद र ३२ थान कौडा सहित १५ जना पक्राउ परेको प्रहरीले जनाएको छ ।

चालिसे डाँडामा  रहेको एक  रेष्टुरेन्टमा अवैध रुपमा कौडा खेलिरहेको अवस्थामा प्रहरी निरीक्षक नरहरी अधिकारीको कमाण्डमा खटिएको प्रहरी टोलीले उनीहरुलाई पक्राउ गरेको गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराका प्रहरी उपरीक्षक दिपक रेग्मीले जानकारी दिए ।

पक्राउ पर्नेहरु :-

  • पोखरा महानगरपालिका-६ बैदाम बस्ने वर्ष ४४ को खिमलाल पहारी
  • पोखरा महानगरपालिका-६ बैदाम बस्ने वर्ष ६० को विर बहादुर लामीछाने
  • पोखरा महानगरपालिका-६ बैदाम बस्ने वर्ष ४६ को चिन बहादुर भट्टराई
  • पोखरा महानगरपालिका-६ बैदाम बस्ने वर्ष ५४ को शक्ति पराजुली
  • पोखरा महानगरपालिका-६ बैदाम बस्ने वर्ष ३५ को सनोज पहारी
  • पोखरा महानगरपालिका-६ बैदाम बस्ने वर्ष ४५ को केदार थापा
  • पोखरा महानगरपालिका-६ बैदाम बस्ने वर्ष ३८ को लक्ष्मण कुँवर
  • पोखरा महानगरपालिका-६ बैदाम बस्ने वर्ष ३३ को लक्ष्मण पहारी
  • पोखरा महानगरपालिका-६ बैदाम बस्ने वर्ष ५१ को कविराज पराजुली
  • पोखरा महानगरपालिका-६ बैदाम बस्ने वर्ष ४८ को ईश्वर श्रेष्ठ
  • पोखरा महानगरपालिका-६ बैदाम बस्ने वर्ष ५८ राम बहादुर थापा
  • पोखरा महानगरपालिका -१८ सराङकोट बस्ने वर्ष ४६ को महेन्द्र बहादुर थापा
  • पोखरा महानगरपालिका -१८ सराङकोट बस्ने भकुण्डे बस्ने वर्ष ५१ को धुब्र बहादुर थापा
  • पोखरा महानगरपालिका -११ रानीपौवा बस्ने वर्ष ४३ को पुर्ण तिमल्सिना

पोखरा – ६ खहरे बस्ने वर्ष ४० का  बिमल देवकोटा भाग्ने क्रममा बाटोमा लडि घाइते भएकाले  उपचारको लागि मेट्रोसिटी अस्पताल लगिएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार कौडा खेलिरहेको व्यक्तिहरुलाई नियन्त्रणमा लिने क्रममा दुई प्रहरी समेत घाइते भएका छन् ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button