मिस क्विन लेकसिटीको ताज मनिषालाई

पोखरा न्यूज-२७, असोज । पहिलो संस्करणको मिस क्विन लेकसिटी २०१९ को ताज बागमाराकी मनिषा बरालले पहिरिएकी छन् । ताजसँगै उनले २ लाख १७ हजार पर्ने सुजुकी एक्सेस स्कूटर हात पारिन् । ।

फस्ट रनर्स अप शिशुवाकी समृद्धी पाण्डे बनिन् । पाण्डेले ५० हजार बराबरको विदेश भ्रमण जितिन् । त्यस्तै सेकेन्ड रनर्सअप पावर हाउसकी सविना अधिकारी भइन् । अधिकारीले नगद ३० हजार बराबरको विदेश भ्रमण पुरस्कार प्राप्त गरिन् । भ्यूअर च्वाइसको सब टाइटल लेकसाईडकी कामना भट्टराईको पोल्टामा पर्यो ।

पोखरा-२७ तालचोक स्थित लेखनाथ महोत्सव हुने चौरमा नेपाली काँग्रेसका संघिय सांसद् सुर्य वहादुर केसी प्रमृख आतिथ्यतामा प्रतियोगिताको फाइनल भएको हो । कार्यक्रममा गण्डकी प्रदेशमा सांसद एवम् अर्थ विकास समितिका सभापति दिपक कोइराला, इलाका प्रशासन कार्यलय लेखनाथका प्रमुख चित्राङ्गत बराल, पोखरा महानगरपालिका वडा नं २७ का वडा अध्यक्ष पुर्ण कुमार गुरुङ लगायतले बोलेका थिए । प्रतियोगिताको फाइनलमा उपाधिका लागि कुल १३ जना बीच अन्तिम प्रतिस्पर्धा भएको थियो ।

लेखनाथ मिडिया हाउसका प्रवन्ध निर्देशक एवम् कार्यक्रम संयोजक सन्दिप पौडेलको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन वर्षा खड्का र प्रतिक सुनारले गरेका थिए  ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button