पोखरामा ३ महिनामा २० लाख नगदसहित २ सय ३२ जुवाडे पक्राउ

पोखरा न्यूज – २८, असोज । कास्की प्रहरीले जुवा मुद्दामा पछिल्लो ३ महिनामा २ सय ३२ जनालाई  पक्राउ गरि कारवाही  गरेको जनाएको छ । प्रहरीले उनीहरुको साथबाट २० लाख ३६ हजार ५ सय १५ रुपैयाँ नगद बरामद गरेको जनाएको छ ।

समाज सुधारको अभियान अन्तर्गत कास्की प्रहरीले ३ महिनामा जुवा तास खेल्ने र खेलाउने कार्यमा संलग्न २ सय १७ जना पुरुष र १५ जना महिलालाई पक्राउ गरेको प्रहरी निरीक्षक नरहरि अधिकारीले जानकारी दिए । प्रहरीले उनीहरुलाई बिभिन्न ३३ वटा जुवा मुद्दामा कारवाही गरेको उनले जनाए ।

कास्की प्रहरीले साउन महिनामा १२ वटा मुद्दामा ७२ पुरुष र १२ महिला, भदौ महिनामा ११ वटा मुद्दामा ७७ पुरुष र १ महिला तथा असोज महिनामा १० वटा मुद्दामा ६८ पुरुष र २ महिलालाई कारवाही गरेको प्रहरी निरीक्षक अधिकारीले बताए ।

 

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button