पोखरामा डेढ करोडको लगानीमा अलैंची खेती, ५ बर्षमा उत्पादन शुरु

दीननाथ बराल , पोखरा न्यूज -२८, असोज ।  पोखरामा सामुहिक अलैंची खेती गर्न शुरु गरेसंगै यस बर्ष देखि उत्पादन हुन शुरु भएको छ । पोखरा महानगरपालिका १९ स्थित पैंयु (साविक पुरुन्चौर गाविस १) मा स्थानिय १० जना युवा उद्यमी तथा विभिन्न पेशा व्यवसाय गरेका व्यक्तिहरुले विगत ५ बर्ष देखि अलैंची खेती गर्दै आएकोमा  यसै बर्षदेखि उत्पादन शुरु भएको हो ।

शहरीकरणका कारण गाउँ बस्ती नै प्रायः खाली जस्तै भएको अबस्थामा बाँझो खेतलाई सदुपयोग गरी आफुहरुले सामुहिक अलैंची खेती गरेको  पञ्चासे अर्गानीक कृषि फार्म प्रा.लि.का व्यवस्थापक बासुदेव तिवारीले बताए । उनले भने “शहरीकरणका कारण गाउँ बस्तीमा रहेका करिब ८० प्रतिशत घर परिवार बसाइसरी अन्यत्र गएपछी  गाउँमा खेतियोग्य जमिन बाँझो  हुन थालेपछि हामीले सामुहिक रुपमा अलैंची खेती गर्न लागेका हौं । ”

५ सय रोपनी भन्दा बढी जमिनमा अलैंची खेती गर्न शुरु गरेसंगै यस बर्ष करिब २ टन जसो अलैंची  उत्पादन हुने अपेक्षा गरेको व्यवस्थापक तिवारीले जनाए । लमजुङबाट रामसाई, गोलसाई, राम्ला जातको अलैचिका बिरुवा ल्यायर रोपेका बिरुवाले  अहिले उत्पादन दिन थालेको  उनले जनाए । करिब ३ लाख अलैंचीका  विरुवा रोपिएको उक्त फार्ममा हाल ७५ हजार  वटा गाँज रहेको व्यवस्थापक तिवारीले जनाए । एउटा गाँजमा ३/४ वटा विरुवा रोपिने गरेको उनले जनाए ।

बार्षिक रुपमा सिजन अनुसार गोडमेल, मलजल, अलैंचीको लाक्रां व्यवस्थापन गर्न, अलैचि टिप्न, छोड्याउन, सुकाउन लगायतको कामको लागि करिब ३ हजार जना खेतला लाग्ने व्यवस्थापक तिवारीले बताए । स्थानिय करिब १५ जनाको बाँझो जमिन २५ बर्षको लागि भाडामा लियर कम्पनी मार्फत स्थानिय युवाहरुले स्वदेशमै उत्पादन गर्नुपर्छ भन्ने मान्यताका साथ अलैंची खेती तर्फ आकर्षित भएको व्यवस्थापक तिवारीले जनाए । स्थानिय, प्रदेश र संघिय सरकारबाट आफुहरुलाई थप केही सहयोग प्राप्त भएमा यस व्यवसायलाई अझ बढी लगानी गरी उत्पादन बृद्धि गर्ने उनले जनाए ।

अवको १ बर्ष पछि अलैंची खेतीले राम्रो उत्पादन दिने  आफुहरुले अपेक्षा गरेको उनले जनाए । आगामी एक बर्षपछि बार्षिक रुपमा करिब २० टन अलैंची उत्पादन हुने आफुहरुले अपेक्षा गरेको व्यवस्थापक तिवारीले जनाए । प्रारम्भिक चरणमा करिब १ करोड ५० लाख लगानी गरेसंगै अब आफुहरुलाई अलैंची सुकाउनको लागि भट्टीको आवश्यक भएको उनले जनाए ।

प्रतिकेजी अलैंचीको अहिले करिब ७ सय रुपैया पर्छ । उक्त  खेतीको  लागि पोखरा महानगरपालिका र वडा नम्बर १९ को केही प्राविधिक सहयोग रहेको छ ।

पोखरा महानगरपालिकाका बरिष्ठ वागवानी विकास अधिकृत मनहर कडरियाले पोखरामै बाँझो जग्गामा अलैंची खेतीको उत्पादन गरेर पैंयुका युवा उद्यमीहरुले सह्रानीय काम गरेको बताए ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button