पोखरामा ‘किन म’ चलचित्रको च्यारिटि सो हुने

आर.आर. पौडेल, पोखरा न्यूज – २८, असोज । क्यानडा टोरेन्टो फिल्म फेस्टिभल २०१९ मा नेपालबाट छानिएर प्रर्दशन भएको नेपाली कथानक चलचित्र ‘किन म’ को पोखरामा विशेष च्यारिटि सो हुने भएको छ ।

सडक बालबालीकाहरुको शिक्षा सहयोगार्थ आगामी कार्तिक २ गते शनिबार पोखरामा विशेष च्यारीटि शो हुने भएको पोखरामा पत्रकार सम्मेलनको आयोजना गरी आयोजकले जानकारी दिए । सडक बालबालिका हरुकै कथामा निमार्ण भएको उक्त चलचित्र उनिहरुकै शिक्षाको सहयोगार्थको लागि प्रर्दशन गर्न खोजिएको निर्माण पक्षले जनायो ।

यो चलचित्रमा जयन्ती मोक्तान, महेश थापा बालकलाकारहरु दिक्षन्त लिम्वु, मनिश मानन्धर र प्रशान्त लिम्वुको मुख्य भुमिका रहेको छ । नायिका जयन्ती मोक्तानको डेव्यु चलचित्र हो । मोत्तान मिस तामाङ पोखराका संयोजक, बैदाम तामाङ सेवा समाजका कोषाध्यक्ष एवं नेपाल तामाङ सांस्कृतिक घेदुङ कास्कीका उपाध्यक्ष समेत हुन् ।

चलचित्र संग्राम तामाङको निर्देशन गरेको हुन् । बिमल राईको कथा रहेको चलचित्रमा महेश थापा, विमल राई र आशीष लामाले संयुक्त लगानी गरेका छन् । चलचित्र सडक बालबालिका हरुको आत्मा कथामा आधारीत रहेको छ । चलचित्रले मानव जीवनमा शिक्षाको आवश्यकता कतिको हुन्छ र हाम्रो नेपाली समाजमा शिक्षाले खेल्ने भुमिका बारे प्रष्ट पारेको निर्माम पक्षले जानकारी दिएको छ ।

चलचित्र हेरीसके पश्चात शिक्षाको परिभाषा नै फरक हुने निर्माण पक्षको दावी रहेको छ । चलचित्र कार्तिक २ गते शनिबार बिहान साढे ९ बजे मिडटाउन ग्यालरीया सभागृह पोखरामा प्रर्दशन हुने चलचित्रकी नायिका जयन्ति मोत्तानले जनाइन् ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button