रसियाको यान्डेक्सले टिकटकको प्रतिस्पर्धी एप ल्याउने

पोखरा न्यूज – २८, असोज । रसियाको इन्टरनेट फर्म यान्डेक्सले टिकटिकसँग प्रतिस्पर्धा गर्न त्यस्तै छोटो भिडियोको प्लाटफर्म एप्लिकेसन ल्याउने भएको छ ।

फेसन र स्टाइललाई केन्द्रित गर्ने उक्त एपको नाम स्लोए राखिएको छ । सन् २०२० मा विश्वव्यापी रिलिज गर्ने भनिएको उक्त एप हाल रसिया, बेलारुस र कजाकस्तानमा मात्र रिलिज गरिएको छ । यान्डेक्सका अनुसार उक्त एप अमेरिका र युरोपलाई पनि लक्षित गरिनेछ ।

चिनियाँ कम्पनीले निर्माण गरेको टिकटकको हाल मासिक ५० करोड प्रयोगकर्ता रहेका छन् ।

 

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button