फेसबुकको आफ्नै क्रिप्टोकरेन्सी ‘लिब्रा’ का एक चौथाई साझेदारले साथ छोडे

पोखरा न्यूज – २८, असोज । फेसबुकले निकट भविष्यमा प्रयोगमा ल्याउन लागेको आफ्नो महत्वाकांक्षी क्रिप्टोकरेन्सी ‘लिब्रा’बाट २८ संस्थापक साझेदार मध्ये ७ जनाले हात झिकेका छन् ।

फेसबुकलाई ठुलै झट्काको रुपमा लिइएको यस घटनामा विश्वका अग्रणी र ठुला मानिएका पेपल, भिसा, मास्टरकार्ड, स्ट्राइप, इबे, मर्स्याडो पेगो र बुकिङ्ग होल्डिङ्ग्स कम्पनीले ‘लिब्रा’ प्रोजेक्टबाट हात झिकेका हुन् । विश्वका मुख्य आर्थिक कारोबारी संस्थाको साझेदारीसहित क्रिप्टोकरेन्सी दुनियाँमा प्रवेश गर्ने फेसबुकको महत्वाकांक्षालाई यस घटनाले निकै पछाडि धकेलेको मानिएको छ ।

फेसबुकले भने यस घटनालाई सेटब्याक रुपमा नभई आफुले करेक्सनका रुपमा मानेको बताउँदै लिब्रा प्रोजेक्टलाई अघि बढाउन पाँच सदस्यीय बोर्ड चयन गरेर बाँकी २१ सदस्यको बैठक बोलाएको छ । फेसबुकको क्रिप्टोकरेन्सी ‘लिब्रा’लाई अझै भोडाफोन, उबर, लिफ्ट, पेयु जस्ता ठुला कम्पनीको साथ भने रहिरहेको छ ।

फेसबुकले आफ्नो यस प्रोजेक्टले विश्व भरिनै आर्थिक कारोबार सहज बनाउने जिकिर गर्दै आएको छ । गैर नाफामुलक प्रोजेक्टका रुपमा लिब्रालाई अघि बढाउने फेसबुकले जनाए पनि यस्तो क्रिप्टोकरेन्सीले फेसबुकलाई विश्वमा असीमित शक्ति प्रदान गर्ने जानकारहरुले आशंका गरेका छन् ।

त्यस्तै लिब्रालाई आतंककारी गतिविधिमा सहजता पुर्याउने, आर्थिक पारदर्शितामा प्रभाव पर्ने, सुरक्षा र प्राइभेसी जस्ता समस्यामा निम्तिने भन्दै जानकारहरुले विरोध गरेका थिए ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button