बसले किच्दा बालकको मृत्यु, स्थानीयको कुटाइबाट चालक सख्त घाइते

पोखरा न्यूज – २९, असोज । नुवाकोटको बट्टार बजारमा बसले किच्दा एक बालकको मृत्यु भएको छ ।

तारकेश्वर गाउँपालिका–६ गोस्र्याङ घर भएका प्रताप तामाङका ६ वर्षीय छोरा युनिक तामाङको आज दिउँसो केरुङ यातायातको बा ४ ख ७५०४ नम्बरको बसले किच्दा ज्यान गएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

बालकको घटनास्थलमै ज्यान गएपछि आक्रोशित स्थानीयले चालकलाई सख्त घाइते हुने गरी कुटेका छन् भने बस तोडफोड भएको छ । घाइते चालकको स्थानीय स्वास्थ्य संस्थामा उपचार भइरहेको छ ।

मृतकका आफन्तले बसलाई जलाउने प्रयास गरेपछि भीड तितरवितर पार्न प्रहरीले पाँच सेल अश्रुग्याससमेत प्रहार गरेको थियो ।

मृतकका आफन्तले दोषीलाई कडा करवाही र पीडित परिवारलाई उचित क्षतिपूर्ति दिन माग गरेर बट्टार बजार बन्द गरेका छन् ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button