पोखरामा कुखुराको मासु प्रति केजी ५० रुपैयाले घट्यो

दीननाथ बराल, पोखरा न्यूज – २९, असोज ।  पोखरामा कुखुराको मासु प्रति केजी ५० रुपैयाको दरले घट्ने भएको छ ।

भोलि (बिहिबार) देखि लागु हुने गरी पोखरा क्षेत्रमा प्रति केजी कुखुराको मासुमा ५० रुपैयाको दरले घटाउने निर्णय गरेको पोल्ट्री व्यवसायी संघ कास्कीका सचिव सुर्य प्रसाद पौडेलले बताए ।

नेपाल कुखुरा पालक किसान संघ कास्की शाखा, पोल्टी व्यवसायी संघ कास्की र मासु व्यावसयी संघ कास्कीको आज (बुधबार) बसेको बैठकले उक्त निर्णय गरेको सचिव पौडेलले जनाए ।

बुधबारसम्म पोखरा क्षेत्रमा प्रति केजी कुखुराको मासु ३ सय ८० रुपैया रहेकोमा  बैठकले बिहिबार देखि लागु हुने गरी होल चिकेन प्रति केजी ३ सय रुपैया, स्पेशल मासु प्रति केजी ३ सय ३० रुपैयामा बिक्रि गर्ने निर्णय गरेको हो ।

जिउँदो कुखुराको किसान मुल्य १ सय ९० रुपैया कायम गरिएको छ । बुधबारसम्म जिउँदो कुखुराको प्रति केजी २ सय १० रुपैया रहेको छ । पोखरा क्षेत्रमा दैनिक जसो ४० हजार किलो कुखुराको मासु बिक्रि हुने गरेको व्यवसायीहरु बताउछन् ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button