पोखरा लेकसाइड स्थित होटल गुडविलबाट ५ जुवाडे पक्राउ

पोखरा न्यूज – २९, असोज ।  प्रहरीले पोखराको  लेकसाइड स्थित  होटल पोखरा  गुडविलबाट  ५ जना जुवाडेलाई  पक्राउ गरेको छ ।

होटलमा अवैध रुपमा जुवातास खेलीरहेको अवस्थामा ३ वुक तास र नगद रु ३३ हजार ८ सय १० रुपैयाँ सहित कास्की  प्रहरीले  मंगलबार ५ जनालाई नियन्त्रणमा लिएको गण्डकी प्रदेश  प्रहरी कार्यालय पोखराका प्रहरी उपरीक्षक दिपक रेग्मीले जानकारी दिए ।

प्रहरीका अनुसार पक्राउ पर्नेमा  पोखरा – ५ का  ६० बर्षीय सत्यनारायण मण्डल,  पोखरा -६ का  ५४ बर्षीय मदन केसी र ४८ बर्षीय टिकाराम सापकोटा, पोखरा – ८ बस्ने  ६२ बर्षीय दिपक श्रेष्ठ, पोखरा -४ बस्ने  ५८ बर्षीय  तोप बहादुर थापा रहेका छन् ।

पक्राउ परेकाहरु उपर जुवा मुद्दामा कारवाही प्रक्रिया अगाडी बढाएको प्रहरीले जनाएको छ ।

सम्बन्धित न्यूज

प्रतिक्रिया

  1. Yo desma juwa tas khelera shreemati samet harna ra Duryodhan jasto kapatilai jitauna sikauni aru koi hoinan Hamra Bhagwan shri krishna ji hun.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button