पोखरामा ३ सवारीसाधन एकापसमा ठक्कर खाँदा ३ जना घाइते

पोखरा न्यूज-३०, असोज । पोखरामा तीनवटा सवारीसाधन एकापसमा ठक्कर खाँदा ३ जना घाइते भएका छन् ।

बुधबार दिउसो  पोखरा -२९ भण्डारढिकमा बा ४ ख ८४१३ नम्बरको हाइस माइक्रो , ग ६ प ४३०० नम्बरको मोटरसाइकल र बा ६४ प ९३१० नम्बरको मोटरसाइकल एक आपसमा ठक्कर खाँदा भएको दुर्घटनामा ३ जना घाइते भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा ग६प ४३०० नम्बरको मोटरसाइकल चालक पोखरा -३२ तल्लो गगनगौंडाका २७ बर्षीय धन प्रसाद गेलाल, बा ६४ प ९३१० नम्बरको मोटरसाइकल चालक  ललितपुर महानगरपालिका- १२ का २८ बर्षीय सरोज महर्जन र पछाडी सवार  २७ बर्षीय  राजेश्वरी महर्जन घाइते भएको गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराका प्रहरी उपरीक्षक दिपक रेग्मीले जानकारी दिए ।

रेग्मीका अनुसार  घाइतेहरु मध्ये गेलालको चरक मेमोरियल अस्पताल पोखरामा र महर्जन द्वयको पश्चिमाञ्चल क्षेत्रिय अस्पताल पोखरामा उपचार भैरहेको छ ।  घाइते सबैको अवस्था मध्यम रहेको उनले जनाए ।

प्रहरीले माइक्रो र चालकलाई नियन्त्रणमा लिई  घटनाका विषयमा थप अनुसन्धान भैरहेको जनाएको  छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button