ट्रकले मोटरसाइकललाई ठक्कर दिंदा १ जनाको मृत्यु, २ जना घाइते

पोखरा न्यूज –३०, असोज  चितवनमा गएराति ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा १ जनाको मृत्यु भएको छ भने २ जना घाइते भएका छन् । ना१३प ६७०३ नंको मोटरसाइकललाई नम्बर नखुलेको ट्रकले भरतपुर महानगरपालिका–१० सिर्जनाचोकमा ठक्कर दिएको थियो ।

ट्रकको ठक्करबाट गम्भीर घाइते भएका भरतपुर महानगरपालिका–४ यज्ञपुरीका भविस केसीको भरतपुर अस्पतालमा उपचारका क्रममा मृत्यु भएको छ । मोटरसाइकलमा सवार तनहुँ आबुखैरहनीका २२ वर्षीय सुशान्त अधिकारी र १९ वर्षीय प्रशान्त अधिकारी घाइते भएका छन् । उनीहरु दुवैको पुरानो मेडिकल कलेज भरतपुरमा उपचार भइरहेको छ ।

घाइते प्रशान्तको अवस्था गम्भीर र सुशान्तको अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ । ठक्कर दिने ट्रक र ट्रकका चालक फरार रहेकाले खोजी कार्यलाई तीव्र पारिएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button