सन्दीप लामिछानेलाई एकै दिन ‘२ करोडको डिल’

पोखरा न्यूज-३०, असोज । नेपाली युवा लेग स्पिनर सन्दीप लामिछाने एकैसाथ दुई अन्तर्राष्ट्रिय प्रतियोगिताका लागि छनोट भएपछि लगभग दुई करोड आम्दानी गर्ने भएका छन् । सन्दीप संयुक्त अधिराज्यमा हुने दि हन्ड्रेड र संयुक्त अरब इमिरेट्समा हुने टि-टेन प्रतियोगिताका लागि छनोटमा परेका हुन् ।

दि हन्ड्रेड प्रतियोगितामा सन्दीप ओभल इन्भिन्सिबल्स क्लबमा १ लाख पाउण्डमा आबद्ध भएका हुन् भने टि-टेनमा उनी कर्णाटक टस्कर्सको रोजाईमा परेका छन् जहाँ उनको आम्दानी ४५ हजार अमेरिकी डलर हुनेछ । दि हन्ड्रेडमा छनोट सँगै सन्दीपको विस्तृत हुँदै गरेको टि-ट्वान्टी प्रोफाइलमा अर्को एक विशिष्ट प्रतियोगिता थपिने भएको छ । टि-टेनमा भने उनी अघिल्लो संस्करणमा पनि खेलेका थिए ।

तेस्रो संस्करणको टि-टेन प्रतियोगिता यही नोभेम्बर १४ देखि युएईको आबुधाबीमा हुनेछ भने दि हन्ड्रेड सन् २०२० को जुलाईमा खेलिनेछ । सन्दीपको साथमा अस्ट्रेलियाको बिग ब्यास, भारतको आईपिएल,वेस्ट इन्डिजको सिपिएल्, बङ्लादेशको बिपिएल् लगायतका अन्तर्राष्ट्रिय प्रतियोगिताहरुको अनुभव छ । राष्ट्रिय टोलीका समेत नियमित सदस्य सन्दीपलाई पारस खड्का कप्तानी छोडेको अवस्थामा नेपालले कुनै समयमा कप्तान कै रुपमा पनि विचार गर्न सक्नेछ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button