पोखरामा वडा स्तरिय भलिबल प्रतियोगिता हुने

दीननाथ बराल, पोखरा न्यूज – ३०, असोज । शहीद थमन परियारको १५ औं स्मृति दिवसको अवसरमा पोखरामा वडा स्तरिय भलिबल प्रतियोगिता हुने भएको छ । प्रतियोगिता कार्तिक ६ देखि ८ गतेसम्म शहिद परियारको जन्मस्थल पोखरा २८ माझठानामा हुने भएको बिहिबार पोखरामा आयोजित पत्रकार सम्मेलनमा जानकारी गराईएको हो ।

शहिद थमन परियार स्मृति प्रतिष्ठान नेपालको आयोजना र पोखरा महानगरपालिका वडा नं २८ को वडा कार्यालयको सह-आयोजनामा हुने प्रतियोगितामा महानगरका ३३ वटै वडाको सहभागिता हुने भएको प्रतिष्ठानका अध्यक्ष लालमोहन तिवारीले बताए ।

प्रतियोगितामा विजेता टिमलाई एक लाख १ हजार १ सय ११, दोश्रो हुनेलाई ५० हजार ५ सय ५५ रुपैया साथमा ट्रफी, मेडल र प्रमाणपत्र वितरण गरिने भएको अध्यक्ष तिवारीले जनाए । प्रतियोगितामा उत्कृष्ट खेलाडी, उत्कृष्ट ब्लकर, उत्कृष्ट सेटर, उत्कृष्ट क्विकर र उत्कृष्ट सर्भरलाई आकर्षक पुरस्कार प्रदान गरिने भएको छ । गण्डकी प्रदेशका मुख्य मन्त्री पृथ्बी सुब्बा गुरुङले उक्त प्रतियोेगिताको उद्घाटन गर्ने कार्यक्रम तय गरिएको प्रतिष्ठानका अध्यक्ष तिवारीले बताए ।

प्रतियोगिता संचालन गर्न ५ लाख ४५ हजार खर्च लाग्ने आर्थिक उपसमितिका संयोजक बैनबहादुर गुरुङले बताए । महानगरको करिब ५ लाखको लागतमा हालै भलिबल कोर्ट निर्माण गरेसँगै उक्त प्रतियोगिता आयोजना गर्न लागिएको हो । प्रतियोगितामा राष्ट्रिय तथा क्षेत्रिय स्तरको खेलमा सहभागी भएका खेलाडीहरुलाई समावेश नगराइने भएको प्रतिष्ठानले जनाएको छ ।

समाज परिवर्तन र शहिद प्रतिको सम्मान र खेलकुदको विकास र विस्तारमा सहयोग पुर्याउने उद्धेश्यले यो कार्यक्रमको आयोजना गरिएको कार्यक्रम संयोजक मनमोहन अधिकारीले बताए । २००३ साउन ३ गते माझठानामा जन्मेका शहिद थमन परियार संघीय लोकतान्त्रीक गणतन्त्र प्राप्तिको आन्दोलनमा अनवरत रुपमा संघर्ष गर्दा गर्दै २०६३ कार्तिक ६ गते शहादत प्राप्त गरेका थिए ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button