कलाकार माओत्से गुरुङ मोटाउनुको रहस्य यस्तो

आर.आर. पौडेल, पोखरा न्यूज –३०, असोज । कलाकार एवं निर्देशक माओत्से गुरुङ यसै त मोटो छन् । झनै सुटिङको समयमा उनको तौल बढ्छ । कारण हो उनी सुटिङको समयमा चार पहर खान्छन् ।

‘घरमा हुँदा दूई पहर खाइन्छ, सुटिङमा चार पहर’ उनले पोखरामा साथीहरुमाझ भने । अन्य निर्देशक तथा कलाकार चलचित्र छायांकन हुने समयमा बढी चिन्तित हुने गरेपनि आफुलाई त्यस्तो नहुँने उनले बताए ।

‘मोटाउनुको अर्को रहस्य अल्छि, अनि मासु पनि धेरै खाने भएकोले हो’ उनी थप्छन् । सधै खुशी रहने बानी अर्को कारण हुन सक्छ । उनलाई नेपाली खाना मनपर्छ । विशेषगरी भट्ट र गुन्द्रुक, मासु र माछा सँग कोदाको ढिडो उनले खाने खाना हुन् ।

उनको लेखन तथा निर्देशन रहेको चलचित्र दयारानी प्रर्दशनको प्रतिक्षामा रहेको छ । दयाहाङ राई, दिया पुन, बिजय बराल, पुष्कर गुरुङ, प्रमिस गुरुङ, नयन गुरुङ, सृसा कुँवर, सुर्य सुनुवार, राजेन्द्र थापा, टिकाराम घले, सीता गुरुङ आदिले अभिनय गरेको यो चलचित्र फागुन ९ गतेबाट प्रर्दशनमा आउनेछ ।

रंगमञ्च र चलचित्र क्षेत्रमा निरन्तर उनी अगाडी बढीरहेका छन् । उनी गुरुङ फिल्म एशोसिएसन नेपालका संस्थापक अध्यक्ष हुन् ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button