पोखराको बेगनास ताल किनारमा एक पुरुषको शव फेला

पोखरा न्यूज – ३०, असोज । पोखरा- ३१ बेगनास ताल किनारमा एक पुरुषको शव फेला परेको छ ।

बेगनास तालको डयामसाइडको बाँयापट्टी किनारमा एक अपरिचित व्यक्तिको शव फेला परेको प्रहरीले जनाएको छ ।

हालसम्म नाम,थर,वतन नखुलेको अन्दाजी ६०/६१ वर्षको पुरुष  मृत अवस्थामा फेला परेको गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराका प्रहरी उपरीक्षक दिपक रेग्मीले जानकारी दिए ।

प्रहरीका अनुसार उक्त  शव अहिले पोष्टमार्टमको लागि पश्चिमान्चल क्षेत्रिय अस्पताल पोखरामा राखिएको छ ।

घटनाका विषयमा थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button