व्यासभूमि दमौलीलाई विश्वमाझ चिनाउने उद्देश्यले हिन्दू महामिलन पर्व

पोखरा न्यूज –१ , कार्तिक । वेदव्यासको जन्मभूमि दमौलीलाई विश्वमाझ चिनाउने उद्देश्यले व्यास गुफा क्षेत्रमा विश्व ओमकार तथा हिन्दू महामिलन पर्व आजदेखि शुरु भएको छ । वेद अनुयायी प्रतिष्ठान नेपालको आयोजनामा शुरु भएको महामिलन पर्व कात्तिक मसान्तसम्म चल्नेछ ।

महामिलन पर्वको उद्घाटन गर्दै अनन्त श्रीविभुषित शन्त महाराजजीले सनातन हिन्दू धर्ममाथि सङ्कट आइपरेको बताउँदै धर्म बचाउन सबै एकजुट हुनुपर्नेमा जोड दिए । उनले धर्म परिवर्तन गराउने प्रयास भइरहेको चर्चा गर्दै धर्म रक्षाका लागि सबै हिन्दू लाग्नुपर्ने बताए । सो अवसरमा व्यास क्षेत्र शिवपाञ्चायन मन्दिरका मूल संरक्षक शान्ति स्वरुपानन्द बाबाले व्यासभूमिलाई हिन्दू धर्मावलम्बीको आस्थाको केन्द्र बनाउने उद्देश्यसहित गत वर्षदेखि कात्तिक महीनाभर हिन्दू महामिलन पर्व आयोजना गरिँदै आएको जानकारी दिए ।

वेद अनुयायी प्रतिष्ठान नेपाल तनहुँका अध्यक्ष कृष्णकान्त काफ्लेले व्यासभूमिलाई पौराणिक, आध्यात्मिक, धार्मिक, पुरातात्विक र ऐतिहासिक दृष्टिले चिनाउन र धार्मिक पर्यटन प्रवद्र्धन टेवा पु¥याउने उद्देश्यले एकमहीने महामिलन पर्व आयोजना गरिएको बताए । २ वर्षअघि कात्तिक १ गतेदेखि १८ महीनासम्म अखण्ड हरिकीर्तन गरिएको यस ठाउँमा त्यसैको निरन्तरतास्वरुप प्रत्येक वर्ष कात्तिकमा यो कार्यक्रम आयोजना गरिँदै आएको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button