म्याग्दीमा फस्टाउँदै टर्कीपालन

पोखरा न्यूज –१ , कार्तिक । हिमाली जिल्ला म्याग्दीको मङ्गला गाउँपालिका–५ अर्मनमा परीक्षणका रुपमा गरिएको टर्की पालन सफल भएको छ । शिशु कल्याण मावि अर्मनका शिक्षक घनश्याम सुवेदीले परीक्षणका रुपमा १  वर्षअघि २ भाले र दुई पोथी चल्लाबाट शुरु गरेको टर्कीपालन सफल भएपछि गत असारमा ६० वटा चल्ला ल्याएर पाल्न थालेका हुन्  ।

पेशाले शिक्षक सुवेदीले विद्यालय समयबाहेकको अन्य समयमा टर्कीको रेखदेखमा खर्चिने गरेका छन  । केही न केही नयाँ काम गर्ने स्वभावका सुवेदीले गाउँमा यसभन्दाअघि कसैले पनि नपालेको टर्की पाल्दा गाउँलेले अचम्म मानेको बताए ।

कम लगानीमा राम्रो प्रतिफल प्राप्त हुने थाहा पाएपछि सुवेदी टर्कीपालनतर्फ व्यवसायतर्फ लागेका हुन् । “मैले विशेषगरी अण्डाका लागि टर्कीपालन गरेको हुँ, अण्डाको राम्रो मूल्य पाइन्छ”, सुवेदीले भने । उनका अनुसार अण्डा पोखरामा प्रतिवटा रु २ सयका दरमा बिक्री हुन्छ ।

गाउँमा पहिलोपटक टर्कीपालन गर्दा केही असजिलो महसुस भए पनि अहिले भने कुनै समस्या नरहेको उनले बताए। असारमा ल्याएका टर्कीका चल्ला अहिले ५ किलोसम्मका भएका छन् । अण्डा र मासुका लागि टर्की बेचेर सुवेदीले वार्षिक एक लाखभन्दा बढी कमाइ हुने बताए । सुवेदीको देखासिकीमा अहिले अर्मनका ५ जना तथा छिमेकी गाउँका कृषकलेसमेत टर्कीपालन शुरु गरेका छन् ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button