कार्तिक २ गते पोखरामा 1974 AD को कन्सर्ट हुने

आर.आर.पौडेल, पोखरा न्यूज –१ , कार्तिक । नेपाली रक ब्याण्ड 1974 AD व्याण्डको कन्सर्ट भोली कार्तिक २ गते शनिबार पोखरामा हुँदैछ । कन्सर्टमा आफ्ना नयाँ तथा पुराना गीत सुनाउदै व्याण्डले माहोल गर्माउनेछ । टुर्बोगको प्रस्तुतीमा कन्सर्ट गर्दै 1974 AD  देश दौडाहमा हिडिरहेको छ ।

यसले 1974 AD समुहका फ्यान उत्साहित बनेका छन् । पुराना सदस्यहरु ‘रियुनाइटेड’ भएकोले 1974 AD  समुह यतिबेला चर्चामा समेत रहेको छ । एड्रियन प्रधान, सञ्जय श्रेष्ठ, फिरोज स्याङदेन, निराकार याक्यथुम्बा र मनोजकुमार केसी पुनः एकजुट हुदै 1974 AD व्याण्ड मार्फत अगाडी बढीरहेका छन् ।

डेबिजफल क्लब पोखरा छोरेपाटनको आयोजनामा हुने कन्सर्ट दिउँसो ३ बजेबाट फुटबल ग्राउण्ड तिब्बेतियन क्याम्प छोरेपाटन पोखरामा हुनेछ । कन्र्सट हेर्न तीन सय रुपैयाँको टिकट काट्नुपर्ने हुन्छ । छोरेपाटन साँझ नाम दिइएको कन्र्सटमा 1974 AD को अलावा द फेयर मसिन ब्याण्ड, लोकदोहोरी सहित अन्य साँस्कृतिक कार्यक्रम आर्कषणको रुपमा रहनेछ ।

एम्बुलेन्स खरिद तथा डेभिजफल फुटबल एकेडेमीको सहयोगार्थ उक्त कार्यक्रमको आयोजना गरिएको संयोजक कुमार गुरुङले बताए ।
वि.सं २०५५ सालमा स्थापित भएको डेभिजफल क्लबले विभिन्न सामाजिक कार्यहरु तथा खेलकुदका कार्यक्रममा सक्रियता बढाउने गरेको छ । छोरेपाटन साँझ मार्फत नेपाल सरकारको भिजिट नेपाल २०२० लाई सफल पार्न सहयोग पुग्ने क्लबको विश्वास छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button