नेपालको झण्डा विश्वमा फर्फराउने साइकले रक्तदाता जितेन्द्रको धोको

आर.आर.पौडेल, पोखरा न्यूज –१ , कार्तिक । जितेन्द्रमान शाक्यले हालसम्म ६७ पटक रक्तदान गरिसकेका छन् । उनले आफुलाई साइकले रक्तदाता भनेर चिनाउँछन् ।

साइकलमा आएर रक्तदान गर्ने र रक्तदान पश्चात पनि साइकलिङको लामो टुरमा निस्कने भएकोले उनले आफुलाई साइकले रक्तदाता भनेका हुन् । उनले नियमित रुपमा रक्तदान गरिरहेका उनले ५० औं पटकको रक्तदान पश्चात रक्तदान गर्ने बिक्तिकै ५० देखि १ सय १ किमि साइकलिङ उनले गर्न थालेका छन् । जुन हालसम्म समेत निरन्तर जारी छ । रक्तदान गर्दा कमजोर भइन्छ भन्ने धारणालाई हटाउनको लागि उनले यस्तो गर्न थालेका हुन् । ‘रक्तदान गरेर केहि हुदैन, कमजोर भइन्छ भन्ने मानसिकता गलत हो भन्ने धारणा हटाउन यस्तो गरेको हुँ’ उनले भने ।

उनले ६२ औँ पटकको रक्तदान पश्चात काठमाण्डौ देखि भोटेकोसी द लास्ट रिर्सोटसम्म १ सय १ किमि साइकलिङ, लगत्तै बञ्जिजम्प समेत गरेका थिए । रक्तदान, साइकलिङ र बञ्जिजम्प गर्दै उनले रक्तदान पश्चात कमजोर भइन्छ भन्नेहरुको धारणा परिवर्तन गरी रक्तदान गर्न अभिपेरित गरेका छन् । ‘अहिले सम्म कसैले नगरेको काम गर्ने सपना थियो, त्यसैको लगि रक्तदान, साइकलिङ र बञ्जिजम्प एकैदिन गरे’ उत्साहित हुँदै शाक्यले भने ।

 

६५ औँ पटकको रक्तदान पश्चात १ सय १ किमि साइकलिङ गरे । ‘रक्तदान मेरो धर्म हो भने साइकलिङ मेरो कर्म हो’ शाक्य भन्छन् । नियमित रुपमा साइकलिङ गर्ने उनले दैनिक सरदरमा २५ किलोमिटर साइकल मार्फत यात्रा गर्छन् । बिहिबार ६७ औ पटक रक्तदान गरेका उनले रक्तदान पश्चात ५० किमि साइकलिङ गरे ।

उनको घरमा बाल्यकालमा साइकल पसल थियो । साइकल व्यवसायकै कारण उनलाई साइकल प्रति आर्कषण बढ्यो । हुनत उनीसँग रेष्टुरेन्ट व्यवसाय र ग्रोसरी पसल सञ्चालनको अनुभव छ । पछिल्लो समयमा भने सामाजिक कार्यमा उनी व्यस्त छन् ।
लाइफस्टाइललाई सन्तुलन राख्न सके स्वस्थ बन्न सकिने बताउने उनले कमसेकम १ सय पटक रक्तदान गर्ने योजना बुनेका छन् ।

उनको धोको रक्तदान, साइकलिङ मार्फत नेपालको झण्डा विश्वमा फर्फराउन छ । ‘राम्रो प्लार्टफम पाए नेपालको झण्डा विश्वमा फर्फराउने मेरो धोको छ’ उनले भने । आफ्नो जोश, जाँगर र क्षमतालाई देशले प्रयोग गर्न नसकेकोमा उनको गुनासो छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button