फेसबुकका निर्माता मार्क जुकरवर्गले किन गरे टिकटकको आलोचना?

पोखरा न्यूज –१ , कार्तिक । फेसबुकका मालिक तथा निर्माता मार्क जुकरवर्गले बिहीबार चिनियाँ छोटो भिडियो बनाउने एप टिकटकको कडा आलोचना गरेका छन् ।

टिकटकले चीन, हङकङ लगायत अमेरिकामासमेत राजनीतिक सेन्सरसीप लगाएको बताउँदै उक्त एप सामाजिक सञ्जालको मर्म विपरीत चलाइएको जुकरबर्गले आरोप लगाएका हुन् । जर्जटाउन विश्वविद्यालयमा खुला भाषण दिने क्रममा जुकरबर्गले फेसबुक र व्हाट्सएपहरुलाई विरोध प्रदर्शनकारीहरुले पनि सजिलै प्रयोग गर्न सक्ने तर टिकटकले त्यस्ता सामाग्रीलाई सेन्सरको नाममा हटाउने गरेको भन्दै आलोचना गरेका थिए । टिकटक जनताको नभई सत्ता चलाउने केही व्यक्तिको हितमा मात्र लागेको पनि जुकरबर्गको आरोप थियो ।

टिकटकले भने त्यस्तो आरोपको खण्डन गर्दै चीन सरकारले त्यस्तो कुनै सेन्सर नलगाएको र आफू कुनै विदेशी सरकारको अनुचित प्रभावमा नपर्ने समेत स्पष्ट पारेको छ । छोटो समयमा नै निकै लोकप्रिय बनेको टिकटकलाई सामजिक सञ्जालको दुनियाँको महारथी फेसबुकलेसमेत प्रतिद्वन्द्वी मानेको छ । रोचक फिल्टरहरुको सुविधासहित छोटा नाच गानका र रमाइला भिडियो बनाउने टिकटक एप्लिकेसन प्लेस्टोरमा ५०० मिलियन भन्दा बढी डाउनलोड भइसकेको छ ।

चीनको बेइजिङ बाइटडान्स टेक्नोलोजी कम्पनी लिमिटेडले टिकटकलाई म्युजिकल ली इन्कर्पोरेसनबाट आर्जित गरेको थियो । उक्त आर्जनको पुनरावलोकन गर्न माग गर्दै अमेरिकी सिनेटर मार्को रुबियोले चिनियाँ सरकारले राजनीति रुपमा संवेदनशील कन्टेन्टलाई सेन्सर गर्ने आरोप लगाएका हुन् ।

रुबियोले टिकटक जत्तिको प्रख्यात एपमा हङकङ आन्दोलनका भिडियोहरु एकाध मात्र भेटिनु शंकास्पद रहेको पनि पुनरावलोकन गर्न माग गरेको आफ्नो चिठीमा उल्लेख गरेका छन् ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button