सामसुङको एस् १० र नोट १० मोडेलमा आयो यस्तो खराबी

 पोखरा न्यूज- ०२, कार्तिक । सामसुङले आफ्नो फ्लागसीप मोडेल एस् १० र नोट १० को फिङ्गर प्रिन्ट स्क्यानरमा गम्भीर खराबी रहेको भन्दै आफ्ना प्रयोगकर्ताहरुलाई चेतावनी दिएको छ । फोनमाथि हालिने स्क्रीन प्रोटेक्टरमा फिङ्गर प्रिन्टको अवशेष बाकिँ रहने र त्यसैको प्रयोग गरेर फोनको लक जोकोहीले खोल्न सक्ने भन्दै सामसुङले त्यस्ता स्क्रीन प्रोटेक्टर प्रयोगकर्तालाई सचेत गराएको हो ।

एक ब्रिटिस महिलाले आफ्नो मोबाइल अरुले सजिलै फिङ्गर प्रिन्टको मद्दतले अनलक गरेको बताएपछि यस खराबी सार्वजनिक भएको थियो । अर्का एक प्रयोगकर्ताले ट्विटरमा यस्तै खराबीको अर्को भिडियो पोष्ट गरेपछि सामसुङले चेतावनी दिएको हो । सामसुङले सस्ता स्क्रीन प्रोटेक्टरको प्रयोगले यस्तो समस्या आएको जनाउँदै आफ्नै कम्पनीले बनाएको २० डलर मुल्य पर्ने विशेष स्क्रीन प्रोटेक्टर प्रयोग गर्न पनि सल्लाह दिएको छ । सामसुङले आउँदो साता रिलिज हुने नयाँ सफ्टवेयर अपडेट पछि उक्त समस्या समाधान हुने दाबी गरेको छ ।

सामसुङका फोनहरुमा यस अघि पनि विभिन्न खालका समस्याहरु देखिदै आएको छ । यस्तै एउटा खराबी आएपछी सामसुङको बहुप्रतिक्षित ग्यालेक्सी फोल्ड फोनको रिलिज थुप्रै महिना पछि सरेको थियो भयो सामसुङको नोट ७ फोनको ब्याट्रीमा आगो लाग्ने समस्या आएपछि कम्पनीले उक्त मोडेलका सबै फोन फिर्ता बोलाएको थियो । नोट ७ मोडेलमा खराबी आउँदा सामसुङलाई करोडौंको नोक्सान भएको थियो ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button