तनहुँमा प्राकृतिक स्रोत दोहन गर्ने सवारी नियन्त्रणमा कडाई

कृष्ण न्यौपाने, पोखरा न्यूज- ०२, कार्तिक । अवैध रुपमा नदी तथा खोलाबाट प्राकृतिक स्रोत दोहन गर्ने सवारीसाधन नियन्त्रण गर्ने कार्यमा प्रहरीले कडाई गरेको छ । इलाका प्रहरी कार्यालय बेलचौताराले शुक्लागण्डकी नगरपालिका र म्याग्दे गाउँपालिकाका विभिन्न नदीबाट अवैध रुपमा ढुङ्गा, गिटी, बालुवा उत्खनन् गर्ने सवारीसाधन नियन्त्रणलाई कडाई गरेको हो ।

प्रहरीले एक साताको अवधिमा शुक्लागण्डकी र म्याग्देबाट ७ वटा सवारीसाधन नियन्त्रणमा लिएको इलाका प्रहरी कार्यालय बेलचौताराका प्रहरी निरीक्षक सरोज गिरीले जानकारी दिए । प्राकृतिक स्रोतसाधन दोहन नियन्त्रण कार्यक्रम अन्तर्गत स्थानीयवासीको सूचनाको आधारमा नियन्त्रणमा लिइएको ट्रयाक्टर र चालकलाई आवश्यक कारवाहीको लागि सम्बन्धित पालिकामा पठाइएको गिरीले बताए ।

एक साताको अवधिमा प्रहरीले शुक्लागण्डकी नगरपालिका–९ सुरौदीखोलाबाट ग १ त ३८०२, शुक्लागण्डकी नगरपालिका–८ भुतियाबाट ग १ त ४२३३, ग १ त ४७६०, मालेबगरबाट ग १ त ५४७४, शुक्लागण्डकी नगरपालिका–७ भोटेपानीबाट ग १ त २३५० नं को ट्रयाक्टर नियन्त्रणमा लिएको छ । त्यस्तै म्याग्दे गाउँपालिका–५ स्थित म्याग्देखोलाबाट ग १ १३८५ र कुम्लेखोलाबाट ग १ त ३९९४ नं को ट्रयाक्टर नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

“अवैध रुपमा प्राकृतिक स्रोत दोहन गर्ने सवारी नियन्त्रणका लागि स्थानीयवासीले पनि प्रहरीलाई सहयोग पुर्याइरहेका छन्,” गिरीले भने, “त्यसका अलावा प्रहरीले पनि गोप्य रुपमा त्यस्ता ठाउँमा गस्ती गरिरहेको छ ।”

 

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button