उपत्यकामा दशैँको समयमा १० को मृत्यु, ३ सय १८ घाइते

पोखरा न्यूज- ०२, कार्तिक ।  काठमाडौँ उपत्यकाभित्र यस वर्षको दशैँमा सवारी दुर्घटनामा परी १० जनाको मृत्यु भएको छ ।

महानगरीय ट्राफिक प्रहरीले दिएको जानकारीअनुसार घटस्थापनादेखि पूर्णिमासम्म ३ सय ५० सवारी दुर्घटनामा १० ले ज्यान गुमाएका हुन् । यस्तै १४ गम्भीर घाइते र ३ सय ४ सामान्य घाइते भएका छन् ।

महाशाखाका प्रमुख, प्रहरी वरिष्ठ उपरीक्षक भीमप्रसाद ढकालले तीव्रगति र चालकको लापरवाहीका कारण धेरै दुर्घटना भएको बताए । गत वर्षको दशैँको समयमा २ सय ८५ सवारी दुर्घटनामा १३ ले ज्यान गुमाएका थिए भने आठ गम्भीर घाइते तथा २ सय २ सामान्य घाइते भएका थिए ।

महाशाखाले यस वर्षको दशैँको समयमा ट्राफिक नियम उलङ्घन गर्ने १४ हजार ९ सय ११ सवारी साधनलाई कारवाही गरेको छ । गत वर्षको दशैँमा पाँच हजार सवारी साधनलाई नियम उल्लङ्घन गरिएको भन्दै कारवाही गरिएको थियो ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button