साग खेल लक्षित गर्दै पोखरामा बिच भलिबल कोर्ट निर्माण सुरु

दीननाथ बराल, पोखरा न्यूज –२ , कार्तिक । १३ औं दक्षिण एसियाली खेलकुद (साग) लाई लक्षित गरी पोखरामा बिच भलिबल कोर्ट निर्माण सुरु गरिएको छ । राष्ट्रिय खेलकुद परिषदको आर्थिक सहयोगमा आगामी १५ दिन भित्रमा सकिने गरी पोखराको बाराहीघाटमा उक्त भलिबल कोर्ट निर्माण कार्य शनिबार देखि सुरु गरिएको कास्की जिल्ला भलिबल संघका अध्यक्ष एवं बिच भलिवल कोर्ट निर्माण समितिका संयोजक भिम पराजुलीले बताए ।

उनका अनुसार ३ वटा बिच भलिबल कोर्ट सहित ४ वटा चेन्जिङ रुम, २ वटा शौचालय र एउटा बिच भलिवल कोर्ट निर्माण गरिने भएको हो । पोखराको फेवाताल किनार बाराही घाट स्थित नेपाल ट्रष्टको जग्गामा करिब ५२ लाखको लागतमा उक्त पूर्वाधार निर्माण गर्न लागिएको संयोजक पराजुलीले बताए । नयाँकोर्टहरु निर्माणका लागि करिब ५ फिट गहिरो खाल्टो पुर्न करिब ५ हजार ५ सय घन मिटर माटो लाग्ने उनले बताए ।

शनिबार देखि ५ वटा ट्रिपर प्रयोग गरी फेवातालको माटो निकाल्ने अभियान अन्तर्गत फेवातालको सिरान भागबाट माटो निकाल्दै बाराही घाटमा ल्याईएको संयोजक पराजुलीले जनाए । करिब डेढ फिट सेतीनदीको बालुवाले माथिल्लो खाल्टो पुरेर माथिल्लो भागमा बालुवा राखेर बिच भलिबल कोर्ट निर्माण गरिने भएको उनले जनाए । भलिबल कोर्टसंगै अस्थायी प्यरापिट समेत बनाउने आफुहरुको योजना रहेको पराजुलीले जनाए ।

पर्यटकीय नगरी पोखरामा उक्त भलिबल कोर्ट निर्माण भएसंगै सागमा छनौट भएका खेलाडीहरुको समेत प्रशिक्षण गरिने भएको राखेपका सदस्य राजेश गुरुङले बताए । उनले भने “ पोखरामा साग लक्षित ९ वटा खेलका खेल पूर्वाधार निर्माण धमाधम भइ रहेका छन् भने केही निर्माणको अन्तिम चरणमा पुगेका छन्, सागका खेल पोखरामा हुने गरी हामीले पूर्वाधार निर्माणमा ध्यान दिएका छौं । ”

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button