मिस्टर एण्ड मिस कास्कीको उपाधि कल्शन गुरुङ र स्नेहा गुरुङलाई

आर.आर. पौडेल, पोखरा न्यूज- ०२, कार्तिक । तेस्रो संस्करणको मोडलिङ रियालिटि सो मिस्टर एण्ड मिस कास्की २०१९ को उपाधि कल्शन गुरुङ र स्नेहा गुरुङले जितेका छन् ।

बौद्धिकता सहितको सौन्दर्य भन्ने मुल नाराका साथ पोखरामा आयोजित प्रतियोगिताको फस्ट रनर्सअप रोशन नेपाली, सेकेण्ड रनर्सअप निशा नेपाली हुन सफल भए ।

अर्गनाइजर च्वाइसको पुरस्कार सिमा थापा मगरले जितिन् । ब्ल्यु रे प्रोडक्सनद्धारा ओजन रेष्टुरेन्ट एण्ड लाउञ्जबार लेकसाइडमा आयोजीत फाइनलमा ८ जनाले उपाधिका लागि प्रतिष्पर्धा गरेका थिए ।

पोखरामा आयोजित यस प्रतियोगीतामा अडिसन मार्फत छानिएका १५ जना मध्ये विभिन्न चरणको प्रतिष्पर्धाबाट उत्कृष्ट ८ छनोट गरि फाइनल प्रतिष्पर्धा गराइएको आयोजकले जनाए ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button