पोखरामा घुससहित मालपोत कार्यालयका खरिदार र लेखापढी व्यवसायी पक्राउ

दीननाथ बराल, पोखरा न्यूज -३, कार्तिक । पोखरा स्थित लेखनाथ मालपोत कार्यालयका खरिदार र लेखापढी व्यवसायी दुई जना अख्तियारको फन्दामा परेका छन्।

एक जना सेवाग्राहीबाट १२ हजार घुस लिदै गर्दा खरिदार प्रकाश पौडेल र लेखापढी व्यावसायी मनोहर भट्टराईलाई अख्तियार अनुसन्धान आयोग पोखराको टोलीले रंगे हात पक्राउ गरेको आयोगले जनाएको छ ।

उनीहरुलाई नियन्त्रणमा लिएसंगै अदालतमा म्याद थपको लागि लैजाने भएको अख्तियार अनुसन्धान आयोगका प्रवक्ता प्रदीप कुमार कोइरालाले बताए ।

एक जना सेवाग्राहीको जग्गा  नामसारि गर्ने बिषयमा कार्यालयबाट ढिला सुस्ती भएपछि छिटो गरिदिने भन्दै  १२ हजार घुस मागेसंगै गोप्य सुचनाको आधारमा उनीहरुलाई पक्राउ गरिएको आयोगको दाबी छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button