प्रहरीद्वारा ८ सयभन्दा बढी गाँजाका बोट नष्ट

पोखरा न्यूज- ०४, कार्तिक ।  सप्तरीको बोदेबरसाइन नगरपालिकाकास्थित खेतबारीमा अवैधरूपमा लगाइएका ७ सय  बोट गाँजा बिहीबार फडानी गरिएको छ ।

गोप्य सूचनाको आधारमा इलाका प्रहरी कार्यालय बोदेबरसाइन, इलाका प्रहरी कार्यालय कडरबोना र सशस्त्र प्रहरी बल बोर्डर आउटपोष्टबाट खटिएको संयुक्त टोलीले बोदेबरसाइन नगरपालिकाको वडा नं २, ३ र ५ मा लगाइएको गाँजाखेती नष्ट गरिएको प्रहरीले जनाएको छ ।

खेतबारीमा अवैधरूपमा लगाइएको ७ सय  बोट गाँजा फडानी गरेको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी नायब उपरीक्षक तिलक भारतीले जानकारी दिए ।

यस्तै सप्तरीको पूर्वी भेगमा रहेको कञ्चनरुप नगरपालिका–९ स्थित विष्णु मन्दिर टोलमा लगाएको १ सय ५० गाँजाको बोट पनि प्रहरीले फडानी गरी नष्ट गरिएको छ ।

उक्त गाँजाको बोटलाई बुद्धिजीवी, स्थानीयवासी र सञ्चारकर्मीको रोहवरमा नष्ट गरिएको इलाका प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक मकेन्द्रकुमार मिश्रले बताए ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button