पोखरामा अरिंगालको टोकाइबाट एकको मृत्यु

दीननाथ बराल, पोखरा न्यूज – ०५, कार्तिक ।  अरिंगालको टोकाइबाट पोखरा-२२, पुम्दी भुम्दी ढुंगेपानीका ४६ बर्षीय नेत्र प्रसाद बरालको मुत्यु भएको छ ।

यही कार्तिक २ गते राति अरिंगालको टोकाइबाट घाइते भएका उनको पोखराको फिस्टेल हस्पिटलमा उपचारको क्रममा सोमबार बेलुका मुत्यु भएको उनका आफन्तले बताएका छन्।

हाल पोखरा छोरेपाटनमा बस्दै आएका उनको अरिंगालको टोकाइ पछि फिस्टेल हस्पिटलको सघनकक्ष (आइसियू) मा राखेर उपचार भए पनि धेरै अरिंगालले टोकेका कारण उनलाई बचाउन नसकिएको हस्पिटल स्रोतले जनाएको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button