पोखरामा फेवातालको माटो प्रयोग गरेर बिच भलिबल कोर्ट बनाइदै

दीननाथ बराल , पोखरा न्यूज – ०५, कार्तिक ।  पोखराको पर्यटकीय क्षेत्र फेवातालको माटो बाराही घाटमा निर्माण लागेको बिच भलिबल कोर्टमा प्रयोग गरिएको छ ।

आगामी मंसिर १५ देखि पोखरामा पनि हुने १३ औं दक्षिण एसियाली खेलकुद (साग) लाई लक्षित हुने गरी पोखरामा निर्माण हुन लागेको बिच भलिबल कोर्ट निर्माण गर्दा बराहीघाटमा धेरै ठुला खाडलहरु भएकाले त्यसलाई पुर्न पनि फेवातालको माटो प्रयोग गरिएको राष्ट्रिय खेलकुद परिषदका सदस्य राजेशकुमार गुरुङले बताए ।

उनका अनुसार फेवातालको सिरान भाग खपौदीबाट फेवातालको माटो निकाल्दै बाराहीघाटमा निर्माण हुन लागेको बिच भलिबल कोर्ट निर्माण गर्न हाल दैनिक जसो ८ वटा टिपर प्रयोग गरिएको छ ।  राष्ट्रिय खेलकुद परिषदको ५२ लाखको आर्थिक सहयोगमा बिच भलिबल कोर्ट निर्माण कार्य तिव्र पारिएको कास्की जिल्ला भलिबल संघका अध्यक्ष एवं बिच भलिवल कोर्ट निर्माण समितिका संयोजक समेत रहेका भिम पराजुलीले बताए ।

उनका अनुसार आगामी १२ दिन भित्र ३ वटा बिच भलिबल कोर्ट सहितको ४ वटा चेन्जिङ रुम, २ वटा शौचालय, र एउटा बिच भलिबल कोर्ट मर्मत गरिने छ । पोखराको फेवाताल किनार बाराही घाट स्थित नेपाल ट्रष्टको जग्गामा उक्त पूर्वाधार निर्माण गर्न लागिएको संयोजक पराजुलीले बताए । नयाँ कोर्टहरु निर्माणका लागि करिब ५ फिट गहिरो खाल्टो पुर्न करिब ५ हजार ५ सय घन मिटर माटो लाग्ने उनले बताए ।

करिब डेढ फिट सेती नदीको बालुवा माथिल्लो खाल्टो पुरेसंगै माथिल्लो भागमा राखेर बिच भलिबल कोर्ट निर्माण गरिने भएको उनले जनाए । भलिबल कोर्टसंगै अस्थायी प्याराफिट समेत बनाउने आफुहरुको योजना रहेको पराजुलीले जनाए ।

पर्यटकीय नगरी पोखरामा भलिबल कोर्ट निर्माण भएसंगै सागमा छनौट भएका खेलाडीहरुको समेत प्रशिक्षण गरिने भएको राखेपका सदस्य राजेश गुरुङले बताए । उनले भने “ पोखरामा साग लक्षित ९ वटा खेलका खेल पूर्वाधार निर्माण केही धमाधम भइ रहेकाछन भने केही निर्माणको अन्तिम चरणमा पुगेका छन्, सागका खेल पोखरामा हुने गरी हामीले पूर्वाधार निर्माणमा ध्यान दिएका छौं । ” पोखरामा केही खेलको प्रशिक्षण समेत जारी रहेको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button