पोखराको फुटबल मैदानमा ६० प्रतिशत भारतीय दुबो रोपियो

पोखरा न्यूज – ०५, कार्तिक । पोखराको फुटबल स्टेडियममा हाल निर्माण हुँदै गरेको फुटबल मैदानमा ६० प्रतिशत जसो भारतीय दुबो  रोपिएको छ ।

तेस्रो चरणमा आज (मंगलबार) १७ हजार बर्गफिट दुबो पोखरा आएसंगै हालसम्म ५२ हजार बर्गफिट दुवो पोखरा रंगशालाको फुटबल मैदानमा रोपिएको निर्माण कम्पनीका प्रोजेक्ट म्यानेजर इ. दीपक बरालले बताए ।

उनका अनुसार तिहार पर्वसम्म बाँकी करिब ३८ हजार बर्गफिट दुबो  पोखरा ल्याउने तयारी भएको छ । एथलेटिक्स ट्रयाकको दोस्रो चरणको ढलान निर्माण कार्य तिब्र रुपमा अगाडी बढेको उनले बताए ।

मंसिर १५ गतेबाट पोखरा पनि शुरु हुने साग अन्तर्गत हाल पोखारामा निर्माण हुँदै गरेको पोखरा फुटबल स्टेडियमको निर्मण कार्य करिब ६० प्रतिशत सम्पन्न भएको इ. बरालले बताए ।

तस्बिर: दीननाथ बराल

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button