तालकै लोभले पोखरा बसेका पर्यटनविद् थापा २५ बर्ष बित्दापनि किन पुग्दैनन फेवाताल ?

दीननाथ बराल, पोखरा न्यूज – ५, कार्तिक । तालकै लोभले पोखरा बसोबास गरेका  पर्यटनविद् झलक थापा विगत २५ बर्षदेखि फेवाताल पुगेका छैनन् ।

पोखरा आउने अधिकांश पर्यटकहरु घुमघामको लागि फेवाताल जाने गरेको सन्दर्भमा पोखराको एयरपोर्टमा बसोवास गर्दै आएका पर्यटनविद् थापा अत्याधिक प्रदुषण र अतिक्रमणले गर्दा विगत २५ बर्षदेखि फेवातालमा  नगएको बताउछन  ।

Hot Air Balloon Booking
Paragliding Pokhara
Pokhara Bungy

“माछापुच्छ्रे र फेवातालले गर्दा पोखरामै बस्न म लोभिए तर समय वित्दैजादा फेवातालमा  दिन प्रतिदिन बढेको  प्रदुषण, फोहोर र अतिक्रमणले गर्दा फेवातालमा २५ बर्षदेखि गएको छैन, फेवातालको पानी कस्तो छ मैले छोएको पनि छैन्”, – थापाले पोखरा न्यूज सँग भने ।

काठमाण्डौंको पुरानो घर छाडेर  पोखरामा बस्दै आएका पर्यटनविद् थापाले फेवातालमा जथाभावी प्रदुषण भएकोले आफ्नो भित्रि मन बाधेरै फेवाताल नजिक धेरै  कार्यक्रम हुदापनि नगएको बताए । फेवाताल प्रदुषित हुँदा आफ्नो मन दुखेको उनले बताए । उनले भने “हाम्रो इतिहास, हाम्रो कला संस्कार र हाम्रो प्राकृतिक सम्पदालाई हामीले हाम्रा भावी पुस्तालाई समेत हस्तान्तरण गर्नुपर्छ, यसमा हामीले हाम्रो स्वार्थ  पुर्ति हुनेगरी बढी दोहन गर्यौं भने यसले वातावरणमा असन्तुलन ल्याउछ । ”

पहिला पोखरा आउदा फेवातालबाट धेरै पोखरेलीहरुले पिउनको लागि फेवातालको पानी घरमा लैजाने गरेको स्मरण गर्दै हाल फेवातालको पानी छुन नै घिन लाग्दो भएकोमा गुनासो गरे । उनले भने “जुन प्रकारको फोहोर फेवातालमा भएको छ, यसमा मैले फोहोर भएको सुन्न, देख्न पनि सक्दीन, त्यही भएर पनि मैले धेरै बर्ष देखि फेवाताल देखेको छैन, फेवातालमा गएको पनि छैन,  फेवातालमा जाने इच्छा छ तर फोहोर र मिचिएको ताल हेर्न मन  मान्दैन  । ”

के भएमा फेवातालमा जानुहुन्छ भन्ने हाम्रो प्रश्नमा पर्यटनविद थापाले फेवाताललाई शुद्ध पार्ने, फेवाताल संरक्षण गर्ने आधार सहितको प्रयास भएमा आफु तालमा जाने बताए ।  जन्मथलो छाडेर  कर्मथलोको पोखरामा घर बनाएर बसोबास गरिरहेका पर्यटनविद थापालाई फेवाताल बचाउछु भन्ने कुनै आधार मात्र दिन सके पुनः फेवातालमा घुमफिर गराउन सकिने भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button