काँग्रेस छाडेको ३९ दिनमै रजनी केसी कास्की-२ मा साझा पार्टीकी उमेदवार

दीननाथ बराल, पोखरा न्यूज -०६, कार्तिक । कास्की क्षेत्र नम्बर २ मा हुने उपनिर्वाचनमा साझा पार्टीले रजनी केसीलाई अघि बढाएको छ । बुधबार पोखरामा पत्रकार सम्मेलनको आयोजना गर्दै साझा पार्टीले केसीलाई उम्मेदवारको रुपमा अगाडि बढाएको घोषणा गरेको हो ।

कार्तिक ५ र ६ गते साझा पार्टीको पोखरामा सम्पन्न भएको केन्द्रिय समितिको बैठकले विवादरहित ढंगबाट केसीलाई उमेदवारमा उठाउने निर्णय बमोजिम उनलाई जिताउने गरी केन्द्रिय कमिटिको टोली चुनावी मैदानमा उत्रिने साझा पार्टीका सँयोजक रवीन्द्र मिश्रले बताए । वैकल्पिक शक्ति र पुराना शक्ति बीचको जनमत संग्रहको रुपमा कास्की क्षेत्र नम्बर २ को उपनिर्वाचनलाई आफुहरुले  लिएको उनले बताए ।

अन्य पार्टीहरु सरह आफुहरु चुनावी मैदानमा नउत्रिने दाबी गर्दै संयोजक मिश्रले आफुहरुले विना शुल्कमा उमेदवार बनाउदै, उठाएका उमेदवारलाई जिताउन मकै, भट्ट, चिउरा र पानी खाएरै लाग्ने जनाए । निर्वाचन कमिटिले दिएको निर्देशनलाई पलना गरी चुनावी प्रचारमा लाग्ने आफ्नो पार्टीका पदाधिकारी, शुभेच्छुकबाट उठेको रकमले चुनावी खर्चको जोहो गर्ने भएको उनले जनाए । पार्टी प्रवक्ता डा. सूर्यराज आचार्यले नेपालका कुनै दलमा पनि नैतिकता नरहेको र राजनीतिक बेइमानि गरेको आरोप लगाए । कास्की क्षेत्र नम्बर २ मा हुने उपनिर्वाचनमा उम्मेदवारी घोषणा गर्ने साझा पहिलो पार्टी भएको छ ।

साझाको तर्फबाट कास्की क्षेत्र नम्बर २ को प्रतिनीधि सभा सदस्यको उम्मेदवार घोषणा भएसंगै केसीले व्यवस्था परिवर्तका लागि आफ्नो उम्मेदवारी दिएको बताइन्। उनले भनिन “बिगतमा जुन पार्टीमा थिएँ, त्यहाँबाट मैले धेरै अनुभव हासिल गरेपनि त्यही परीपाटीबाट परिर्वतन सम्भव नदेखेकोले साझा पार्टीमा प्रबेस गरेकी हुँ, ६/८ महिना छलफल गरेर मात्र म साझामा प्रवेश गरेकी हुँ ।” पार्टीले आफुलाई विश्वास गरेर कुनै बार्गेनिङ बिना नै उम्मेदवारको रुपमा अघि बढाएको प्रष्ट पार्दै केसीले आफु सानै देखि परिवर्तनको पक्षमा लागेको जनाइन्।

विगतलाई अनुभवलको रुपमा लिएको र  ६/ ८ महिना देखि साझा पार्टीबाट छलफल गरी रातारात फुत्त साझा पार्टीमा प्रवेश  नगरेको प्रष्ट पारिन । आफु सामाजिक अभियान्ता समेत रहेको बताउदै केसीले यथास्थितीमा बस्न हुदैन भनेर राजनीतिमा प्रवेश गरेको जनाइन। विकास र समृद्धिको लागि आफ्नो उम्मेदवारी भएको उनको भनाई थियो । उनले भनिन “ हामीले जित्छौं, विजयको विगुल फुक्छौं, आम जनताले नयाँ वैकल्पिक शक्तिको रुपमा साझा पार्टीले विकास र देशलाई निकास दिन सक्छ । ”

रजनी यसअघि नेपाली काँग्रेसको राजनीतिमा सक्रिय थिइन् । भदौमा २८ गते उनी एक विशेष समारोहका बीच साझा पार्टीको सदस्यता लिएकी थिइन् । साझा पार्टीमा पुर्णकालिन रुपमा राजनीति गर्ने भनेरै उनले पोखरा विश्वविद्यालयको जागिरबाट राजिनामा दिएकी थिइन् ।

साझाकी केन्द्रिय सदस्य भएको एक महिनामै केसीले टिकट पाएकी हुन्। ठूला भनिएका नेकपा र काँग्रेसमा उम्मेदवारीका लागि हालसम्म नाम सिफारिसमा समस्या देखिए पछि उमेदवार घोषणा गर्न सकेकाछैनन्।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button